जब आफ्नो प्रेमीले अर्कैसंग विवाह गर्ने थाहा पाएपछी प्रेमिका पुगिन् बेहुली बनेर मण्डपमै, त्यसपछि जे भयो…

एजेन्सी : साँचो प्रेम गरेको छ भने जस्तो अवस्थामा पनि त्यो प्रेम प्राप्त हुन्छ भन्ने उदाहरण देखिएको छ । प्रेमीकालाई छोडेर अर्कै युवतीसंग विवाहको लागि ठिक्क परेका प्रेमी पनि आफ्नो प्रेम स्वीकार गर्न बाध्य भएका छन् ।

विहारमा एक यस्तो विवाह भएको छ जुन सुन्ने मानिसहरु पनि आश्चर्यमा पर्ने गर्छन् । ति युवकको अर्को युवतीसंग प्रेम थियो भन्ने कसैलाई थाहा थिएन । विहारको दरभंगाको जिल्लामा रहेको एक गाउँमा युवक दुलाहा बनेर ठिक्क परे । गाडी जन्ती जान सजिएको थियो । दुलाहा विवाहको लागि गाडीमा बस्न निस्कदै थिए । उक्त समयमा सीतामढीमा बस्ने दुलाहाकी प्रेमिका कांचला आइपुगिन् ।

उनी वेहुलाको गाडीमा गएर बसिन् । प्रेमिले माया आफूसँग गरेको र विवाह अरुसँग गर्न लागेको भन्दै विवाह हुन नदिने बताइन् । यस्तो आश्चर्यको क्रियाकलाप गाउँका सबैजनाले हेरिरहेका थिए । प्रेमिका आफ्नो प्रेमीको गाडीमा अनशनमा बसिन् र विवाह गर्न जिद्दि गरिन् । हेर्दा हेर्दै विवाहमा जान तयार भएका जन्तीहरु सबैजना हेराहेर भए ।

कुराकानी बढ्दै जान लागेपछि परिवारले प्रहरीलाई बोलायो । प्रहरी पनि तुरुन्त आइपुग्यो । प्रहरी समक्ष केटीले आफूले ४ दिनसम्म केही नखाएको र जबसम्म आफ्नो विवाह आफ्नो प्रेमीसँग हुँदैन तबसम्म अनशन बस्ने बताइन् । प्रहरीले दुलाहा र प्रेमिकालाई कार्यालयमा केहीबेर राखेर मन्दिरमा लगेर विवाह गरिदिएको छ । (फोटो फाईल)

उता दुलही दुलाहा जन्ती लिएर आउँछ भनेर तयारी अवस्थामा बसेकी थिइन् । यता दुलाहाको विवाह भएपछि दुलहीका परिवार धेरै आक्रोशित भए । यसलाई मथ्थर पार्न जुक्ति निकाले । दुवै घरपरिवारको सल्लाह अनुसार दुलाहाको सानो भाईसँग विवाह गरिदिएका छन् । एकैदिन दुई भाईको विवाह भएको छ । एजेन्सी

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।