नेपालमै यसरी बन्यो ‘यान्त्रिका’ रोबट, यस्ता विभिन्न कामहरु गर्छ यस्ले…हेर्नुहोस् ।

कोभिड–१९ सं,क्रमणसँगै नेपालमा पनि लक डाउन सुरु भयो । विश्व परिवेशमा लक डाउन सुरु भएको लामो समय भइसकेको थियो । विस्तारै संक्र’मितको सेवाका लागि रोबटहरु बन्न थालेको समाचारहरु आइरहेका थिए ।

त्यतिबेला नै मलाई नेपालमा पनि केही गर्न सकिन्छ कि भन्ने लागेको थियो । म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यरत छु । नास्टमा पनि सरहरुले यस विषयमा कुरा गर्नुभयो । हाम्रो आफ्नै ल्याब थियो । दुई–तीन जना साथीहरु हायर गरेर काम गर्न सकिन्छ भन्ने लाग्यो । अहिले कोभिडको परिस्थितिमा मास्क र सेनिटाइजर सम्बन्धी जनचेतना फै’लाउने किसिमको रोबट बनाउने विषयमा सल्लाह भयो ।

अहिले स्वयंमसेवीको मास्क दिने, सेनिटाइजर दिने खालको बनाउने र पछि आवश्यकताअनुसार अन्य प्रोग्रामहरु पनि थपघट गर्न सकिने आइडियामा हामीले काम सुरु गर्ने निर्णय गर्यौँ ।
मैले ने’तृत्व गर्नेगरी एउटा टोली बन्यो । जसमा मसहित इन्जिनियर ज्ञानेन्द्र थापा र सागरबहादुर तामाङ, इन्जिनियरिङका विद्यार्थीहरु रामकृष्ण यादव, नविन दाहाल र दिवस खड्का हुनुहुन्छ ।

टोली बनेपछि हामीले कन्सेप्ट तयार गर्यौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरुबारे जानकारी लिने काम भयो । नेपालमा कोभिड–१९ पछि दुई–तीन वटा संस्थाहरुले अस्पताल र होटलहरुमा रोबट बनाएर बेचिरहेका छन् । उनीहरुले व्यवसायका लागि बनाउने हो । तर, हामीले बनाउने भनेको आरएनडीका लागि हो । अर्थात, हामी रोबटको लुक्समा भन्दा पनि त्यसको फिचरमा बढी फोकस हुनुपर्छ भन्ने भयो ।

नेपालमा बनेका रोबटको समिक्षा गरेपछि विदेशी रोबटहरु पनि हेर्यौँ । जापानमा रहेका साथीहरुसँग पनि त्यहाँ रोबट कुन स्तरमा पुगेको छ भनेर बुझ्यौँ । चीनको रोबटलाई पनि जापनकोसँग तुलना गर्यौँ । विश्वमा कुन–कुन स्तरका रोबटहरु छन् भनेर हेरिसकेपछि अब हामी कम्तीमा यो स्तरसम्म जानुपर्छ भन्ने भयो । सबै अध्ययन गरिसकेपछि उनीहरुको जस्तै बनाउन नसके पनि सस्तो मूल्यमा उनीहरुकै हाराहारीमा कसरी बनाउन सकिन्छ भनेर छलफल भयो र काम सुरु गर्यौँ ।

रोशन पाण्डे
मलाई धेरैले सोध्नु पनि हुन्छ सामानहरु कहाँबाट ल्याउनुभयो भनेर । आर्टिफिसियल एन्टिजेन र मेसिन लर्निङ सिस्टम जोडेर रोबट तयार भएको हो । यो एआई र मेसिन लर्निङ फिचर भएको नेपालमा निर्मित पहिलो रोबट हो । सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरीले यान्त्रिकालाई मानिसको स्वरुप दिने काम गर्नुभएको हो । भित्र मेटलहरु हुन्छ ।

त्यसमा प्रयोग हुने इलेक्ट्रोनिक पार्टहर, मोटरहरु सबै नेपालमै उपलब्ध छ । हामीलाई सामान मगाउन धेरै समय कुर्नुपर्ने अवस्था छैन, आजको आजै पाइन्छ । भोली कुनै समस्या आयो भने पनि सबै सामान यही उपलब्ध होस् र समयमै समस्या समाधान होस् भन्ने हिसाबले पनि हामीले काम गरेका हौँ । भरसर इलेक्ट्रोनिक्स पार्टबाहेक सबै सामानहरु ‘मेड इन नेपाल’ नै प्रयोग गरेका छौँ ।

हामीले ६ हप्तामा सकाउँछौँ भनेर प्रपोजल बुझाएका थियौँ नास्टलाई । त्यति नै समयमा सकियो पनि । तर, नास्टका सरहरुले नास्टले बनाएको रोबट भएकाले अझै दुई हप्ता यसको कार्यहरु हेरौँ भन्नुभयो । यसरी हामीले रोबटलाई अनुगमनमा राख्यौँ । खर्चको कुरा गर्नुपर्दा हामी धेरै नास्टकै कर्मचारी भएकाले श्रममा अतिरिक्त पैसा खर्च गर्नुपरेन । सामानहरु पनि हाम्रै वर्कशपमा भएकालाई टालटुल गरेर प्रयोग गरेका छौँ । केही सामानहरु भने मगाएका थियौँ ।

अहिले नै यसको पूर्ण खर्च निस्किएको छैन । तर, हामीले अनुमान गर्दा विदेशमा यत्तिकै रोबट बनाउँदा ४० लाखसम्म खर्च हुन्छ भने हाम्रो खर्च त्यसको आधाभन्दा पनि कम भएको छ भन्ने मेरो अनुमान छ । रोबटलाई यान्त्रिका नाम दिएका छौँ । यन्त्रलाई यन्त्रिका भनेर महिला स्वयंमसेवीकाको रुपमा चिनाउन खोजेका हौँ । यान्त्रिकाले आँखा झिम्काउने, टाउको हल्लाउनेदेखि लिएर यसमा जडित भ्वाइस डिटेक्सन सिस्टेमको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा जान पनि सक्छे ।

यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट उपकरणले आगन्तुकहरुको तापक्रम पनि जाँच्छे । हरेक कोठाको ढोकामा गएर न्यूरल नेटवर्कमार्फत मास्क लगाएको छ कि छैन भनेर पत्ता लगाउन सक्छे । यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट गर्ने उपकरणले आगन्तुकहरुको तापक्रम पनि जाँच्छे । एउटै हातमा ६ वटासम्म मोटर जोडिएको हुनाले मानिसले जस्तै हात हल्लाउन र नमस्कार गर्न यान्त्रिका सक्षम छे ।

यान्त्रिकाको छातिमा जडित टच स्क्रिन (ट्याबलेट) बाट आगन्तुकले नाष्टसम्बन्धी जानकारी लिन सक्ने छन् । अहिले हामीले नयाँ फिचर पनि थप गरिरहेका छौँ । जस्तो कि हाजिरको विषयमा यदि कोही कर्मचारी हिजो अफिस आएन तर आज आयो भने ‘हेल्लो ह्वाई डिडन्ट यू कम एस्टर्डे’ भनेर सोध्न सक्ने प्रोग्रामिङ पनि सोचिरहेका छौँ । ‘ट्रेनिङ डाटा’ को आधारमा यान्त्रिकाले भोली आफूलाई थप चलाएमान बनाउँदै जान्छे ।

यो नेपालमा पहिलो होइन, अरुले पनि बनाएका छन् भनेर कतिपयले भनिरहनुभएको पनि छ । उहाँहरुको कुरा ठिक हो । तर, नास्टले बनाइसकेपछि अरुले बनाएजस्तो बनाएर पनि हुँदैन । हामीले यसलाई नेपालको ‘बेन्चमार्किङ’ बनाउन खोजेका हौँ । हामीले अहिलेसम्म नेपालमा बनाएका रोबटहरु भन्दा अलि राम्रो बनाउन सक्यौँ भने भोली कम्पनीहरुमा पनि योभन्दा राम्रो बनाउनुपर्छ भन्ने प्रतिस्पर्धाको भावना विकास हुन्छ र यसले गर्दा नेपालमा राम्रो स्तरको रोबट बन्छ भन्ने हाम्रो बुझाई हो । खासमा हामीले नेपाल पनि प्रविधिमा कम छैन, नेपालीले पनि केही गर्न सक्छन्, अलिेका युवाहरुमा नयाँ सोच र क्षमता छ भनेर देखाउन खोजेका थियौँ । प्रविधि क्षेत्रमा नेपालको सर्वोच्च निकाय नास्टले गर्न सक्छ भनेर पनि देखाउनु थियो । यसमा हामी सफल भयौँ पनि । यो ०.१ भर्सनको रोबट हो । हामी २०२१ को अन्तिमसम्ममा २.० भर्सनको रोबट बनाउने योजनामा छौँ ।
अब कसैले हामीलाई यस्तै रोबट निर्माणमा सहयोग गरिदिनुस् भनेर आउनुहुन्छ भने हामी सहयोग गर्न तयार छौँ । प्रधानमन्त्री कार्यालय वा अन्य सार्वजनिक स्थलका लागि बनाइदिनुस् भनेर आउनुहुन्छ भने पनि हामी बनाउन सक्छौँ । बनाएर बेच्ने, व्यापार गर्ने हामी कम्पनी होइनौँ तर हामीले प्रविधि उपलब्ध गराएर सहयोग गर्न सक्छौँ । अर्को कुरा कम्पनीहरुले पनि हामीसँग सहयोग मागेको खण्डमा हामी ‘टेक्नोलोजी ट्रान्सफर’ गर्न सक्छौँ । हामी सरकारी नियम र निर्णयमा बसेर के गर्न सक्छौँ त्यसका लागि तयार छौँ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।