मौसमी रुघाखोकीको समस्या देखिदा कोरोनाको त्रास बढ्यो, रुघाखोकी र कोरोना कसरी छुट्याउने ? (भिडियो सहित)

काठमाडौं : देशका अधिकांश भागमा चिसो बढ्दै जाँदा धेरै मानिसहरुमा मौसमी रुघाखोकी ९एन्फ्लूएन्जा० को समस्या देखिन थालेको छ ।

मौसमी रुघाखोकी र कोरोना’को लक्षण मिल्दो जुल्दो हुने हुँदा धेरैमा मौसमी रुघाखोकी लाग्दा पनि कोरो’नाको त्रा’स बढेको छ । तर चिकित्सकहरुले मौसमी रुघा’खोकी र को’रोना ल’क्षणको आधारमा छुट्याउन सकिने बताएका छन् ।

कोरोना र सिजनल फ्लूको लक्षण उस्तै उस्तै देखिने हुँदा बि’रामी पहिचान गर्न पीसीआर टेष्ट नै गर्नुपर्ने केही चिकित्सकहरु बताउँछन् ।

तर, केही चिकित्सक भने कोरोनाका अधिकाश मानिसमा देखिएको लक्षण स्वाद र गन्ध थाहा नपाउने छ भने कोरोनाको आशंका गर्न सकिने बताउँछन् ।

रुघाखोकी ज्वरो सहित स्वाद र गन्ध पनि थाहा नपाउने लक्षण देखिए कोरोना संक्रमण भएको हुनसक्छ । त्यसैगरी कोरोना संक्र’मणमा जो’र्नी, जिउ दुख्ने, पखा’ला पनि लाग्ने समस्या पनि एन्फ्लूए’न्जा मौसमी रुघा’खोकीमा भन्दा फरक देखिएका लक्षण हुन् ।

चिकित्सकका अनुसार सरकारले कोरोना ने’गेटिभ आएका तर इन्फ्लुए’न्जाका लक्षण भएका बिरामीको एन्फ्लु’एन्जा स्वाइन फ्लु हङकङ फ्लु लगायतका अन्य रोगको पनि परीक्षण गर्नुपर्छ ।

‘को’रोना संक्र’मणको लक्ष’णमा सुख्खा खोकी लाग्ने गर्छ, ज्व’रो आउँछ स्वाद गन्ध कम थाहा पाउने वा थाहा नपाउने हुन्छ तर मौसमी रुघाखोकीमा स्वाद र गन्ध थाहा नपाउने कम हुन्छ ।

तर पनि परिक्षण नगरी छुट्याउन गाह्रो हुने चिकित्सक बताउछन् । यदि तपाईलाई नाक बन्द हुने, टाउको दुख्ने समस्या छैन तर सुख्खा खोकी लागिरहन्छ भने सचेत हुनुपर्दछ ।

सुख्खा खोकीसँगै तपाईको स्वास छोटो र छिटोछिटो भएको छ, स्वास फेर्न गाह्रो भएको छ भने अस्पताल जानुपर्छ ।न्युज२४ बाट

भिडियो हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।