हिजो हारपछि दिल्लीका कप्तानले दिए आगामी खेलमा सन्दिपलाई खेलाउने संकेत, यसो भन्छन् श्रेयस एैयर…हेर्नुहोस् ।

युएइ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।जितसंगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । जितसँगै पञ्जावको प्लेअपमा पुग्ने सम्भावना जिवितै रहेको छ ।

पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंकसहित शीर्ष स्थानमै छ ।

दिल्लीले १० खेल खेलिसक्दा पनि नेपाली स्पिनर सन्दिप लामिछानेलाई भने अहिलेसम्म खेल्ने मौका दिएको छैन जसबाट नेपाली फ्यान निराश बनेका छन् । यसैबिचमा दिल्लीका कप्तान श्रेयर एैयरले भने आगामि खेलमा सन्दिपलाई खेलाउने संकेत गरेका छन् ।

हिजोको हारपछि कप्तान ऐयरले भने : “हामीले १० रन कम बनायौं। शिखरले उत्कृस्ट ब्याटिंग गरे त्यो सकरात्मक पक्ष हो। तुषारले धेरै रन खर्च गरे। तर म पक्का छ उनले पुनरागमन गर्नेछन्। हामीले फिल्डिंगमा पनि राम्रो गर्न सकेनौं।”

म कसैलाई दोष दिन चाहन्न तर तपाईले पावरप्लेको पाँचौ ओभर हेर्नु भयो भने त्यो ओभरले पन्जाबले लय पायो। त्यसपछि हामीले राम्रो पुनरागमन गरेर खेल अन्तिमसम्म लग्यौं। त्यो बाहेक हामीले केहि क्याच र रन आउट पनि छोड्यौ। “राम्रो कुरा यो हो कि केटाहरु अर्को खेलको लागि उर्जावान रहेका छन्।

हामीले उत्कृस्ट खेल्न सकेनौं तर म निश्चित छु कि अर्को खेलमा गर्नेछौँ।” हाम्रो बेन्चमा पनि निकै उत्कृष्ट खेलाडीहरु छन् जसलाई हामी आगामी दिनमा खेलाउनेछौ ” एैयरले बताए । दिल्लीका कप्तानले यसो भनिरहदा आगामी खेलमा सन्दिपले पनि मौका पाउने अनुमान गर्न सकिन्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।