सेलरोटीपछि भात खानु स्वास्थ्यका लागि किन हानि’कारक छ…पुरा पढि सेयर गर्नुहोस् ।

काठमाडौँ : यमपञ्चकका पाँच दिनमा सेलरोटी खाने नेपाली परम्परा छ। तर धेरै चिल्ला सेलरोटी खाएमा शरीरमा कोलस्टोरको मात्रा बढाउँछ। कोलस्टोर बढेमा उच्च रक्तचाप र मुटुको समस्या हुन्छ।

साथै चिल्ला सेलरोटीपछि भात खाएमा पनि स्वास्थ्यमा समस्या हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य बताउँछन्। ‘चार वटा सेलले एक पटक खाना खाने जति शक्ति दिन्छ त्यसैले सेल खाएपछि भात खानु स्वास्थ्यका लागि हानिकारक छ, उनले भने।

एकपटक प्रयोग गरेको तेल अर्कोपटक प्रयोग गर्न नहुने डाक्टर वैद्यको सुझाव छ। सेलरोटी खाएसँगै फलफूल र हरियो सागसब्जीको प्रयोग पनि बढाउनु पर्ने उनको सुझाव छ। सेल खाएको बेलामा फलफूलको प्रयोग बढी गरेमा त्यसले कोलस्टोर बढ्न नदिने उनको तर्क छ।

किड्नीको समस्या नभएकाले प्रशस्त मात्रामा फलफुल खादाँ स्वास्थ्यलाई फाइदा हुने वैद्यले बताए। पैसा जित्न नभई रमाइलोको लागि तास खेल्दा स्वास्थ्यका लागि फाइदा हुने वैद्यको दाबी छ।

‘रमाइलोका लागि तास खेलेमा यसले मा’नसिक त’नाव कम गर्छ, शरीरलाई आराम हुन्छ, मा’नसिक त’नाव कम भएपछि स्वास्थ्यलाई पनि फाइदा पुग्छ’ उनले भने समय मिलाएर बेलाबखत तास खेलेमा शारीरिक व्यायामको जस्तै फाइदा हुन्छ।

परिवार र साथीभाइसँग बसेर तिहारको बेलामा रमाइलोका लागि तास खेल्दा त्यसले परिवारमा आत्मीयता बढाउने र शरीरलाई समेत स्वस्थ बनाउने उनको दाबी छ।

थोरै मात्रामा मदिरा खाएमा त्यसले शरीरलाई फाइदा गर्ने उनको भनाइ छ। मात्ने गरी मदिरा पिउने प्रवृत्तिका कारण समस्या आएको तर थोरै अड्कलेर खाएमा मदिराले फाइदा गर्ने उनको तर्क छ। सेतोपाटीबाट

यो पनि
कपालमा तेल लगाउँदा नगर्नुहोस् यी गल्ती, नत्र हुनसक्छ यस्तो अ’सर !

क’पालका लागि तेल निकै महत्वपूर्ण मानिन्छ । जसरी स्व’स्थ जी’वनका लागि हाम्रो शरिरलाई स्वस्थ खानेकुराको आवश्यकता पर्छ, त्यसैगरी बलियो र स्वस्थ क’पालको लागि तेल कुनै स्वस्थ खानेकुराभन्दा कम होइन । त्यसकारण हप्तामा दुई पटक कपालमा तेलको प्रयोग अवश्य पनि गर्नुहोस् ।

तर तपाईंलाई फाइदा पुर्याउने यही तेलले तपाईंको कपाललाई राम्रो फाइदा पुर्याउँदैन । तेल लगाउने बेला केही कुरा याद राख्नुपर्छ । यदि यस्तो गर्नुहुन्न भने तेलले त्यो फाइदा पुर्याउँदैन जसको तपाईंलाई आवश्यकता छ । आउनुहोस्, तेल लगाउने बेला ध्यान दिनुपर्ने कुराबारे जानकारी लिऔं ।

नकोर्नेः तेल लगाउनुभन्दा पहिले के तपाईं पनि कपाल कोर्नु हुन्छ । यस्तो हो भने तेलले तपाईंको कपाललाई फाइदाको साटो नोक्सानी पुर्याउँछ । कपाल नकोरी जब तपाईं तालुमा मसाज गर्नुहुन्छ भने कपाल कमजोर हुन्छ र निक झर्ने गर्दछ । त्यसकारण तेल लगाउनुभन्दा पहिले कपाल राम्रोसँग कोर्नुहोस् ।

कपालको जरामा मात्र तेल लगाउनुः के तपाईं कपालको जरामा मात्र तेल लगाउनुहुन्छ, यस्तो बिर्सेर पनि नगर्नुहोस् । कपालको जराका साथै अन्त्यसम्म र पूरा कपालभरी तेल लगाउनुहोस् । यसले तपाईंको कपाललाई पूर्ण रुपमा नरम बनाउँछ जसले कपाल बलियो बनाउँछ । तेल लगाएर सधैं मालिस गर्ने कोसिस गर्नुहोस् ।

साधारण तेलको प्रयोगः के तपाईं सधैं भाँडोबाट तेल खन्याएर सिधै कपालमा लगाउनुहुन्छ। तपाईंको यो बानीले कपाल पूर्ण स्वस्थ हुन पाउँदैन । तेललाई सधैं प्रयोग गर्नुभन्दा पहिले यसलाई हल्का मनतातो गर्नुहोस्। मनतातो तेललाई कपालको जरामा राम्रोसँग सोस्छ जसका कारण कपाल निकै स्वस्थ हुने गर्दछ। निकै दह्रोसँग मजाजः तेल लगाएपछि कपाललाई निकै हल्कासँग मसाज गर्नुहोस् ।

यसो गर्दा कपाल झर्ने सम्भावना निकै कम हुन्छ । यसका साथै तेल लगाउने बेला औंलाको साटो कपासको सहयोग लिनुहोस् । यसलाई तेलमा डुबाएर जरा र कपालमा लगाउनुहोस् । तेल लगाएपछि कस्सिएको जुरोः तेल लगाएपछि कहिले पनि कस्सिएको जुरो नबनाउनुहोस्।

यसले तपाईंको कपालको जरा कमजोर बनाएर कपाल झर्न सहयोग गर्दछ। तेल लगाएर कपाललाई सधैं हल्का तरिकाले बाट्नुहोस् र कम्तीमा पनि ३/४ घण्टा पछि नै नुहाउनुहोस् । सुत्नुभन्दा पहिले तेल लगाएर सुत्दा रातभरी यसले कपाललाई निकै नरम र स्वस्थ बनाउन सहयोग गर्दछ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।