रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक : भीम रावल

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकामा सत्तारूढ दलकै नेता भीम रावलले आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौं आएको गोयल नेतृत्वको रअ टोलीसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए । यसको भोलिपल्ट बिहीबार दिउँसो नेकपाका नेता रावलले आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीले गोयलसँग भेट्नु कूटनीतिक मर्यादा विपरीत रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधिनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ।’

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

धरान : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्र’मितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको हो ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क नि’र्धारण गरिएको जनाएको छ । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्र’मितले सात हजार रुपैयाँ धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बि’रामीले रु ३५ हजार ‘धरौटी र प्रतिदिन शुल्क रु सात हजार ५ सय तिर्नुपर्नेछ ।

यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।आर्थिक रुपले विपन्न, अशक्त र असहाय, अबसहाय एकल महिला, अपां’गतायुक्त र ज्येष्ठ नागरिकलाई भने ल’क्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ ।

प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २ सय शुल्क तोकेको छ । यसअघि प्रतिष्ठानले सङ्क्र’मितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क नि’र्धारण गरेको हो ।

सरकारले को’रोना स\ङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने माप’दण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

३९६ जनाको स्वाब फिर्ता:शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ ।स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ ।रासस

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।