साउदी अरबका राजकुमारको होटल नेपालका अर्बपति विनोद चौधरीले किने…हेर्नुहोस यसको मूल्य सहित ।

काठमाडौ : साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्।
कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो । केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्र’ष्टाचार अ’भियोगमा प’क्राउ गरिएको थियो। आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।
भ्र’ष्टा’चारलगायत आ’रोपमा स्वदेशमा प’क्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्। साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकार एक सल्लाहकारलाई उधृत गर्दै उक्त अनलाइनले जनाएअनुसार २.८ अर्ब केन्याली मुद्रामा उक्त सम्झौता भएको हो।
यो भनेको नेपाली करिब ३ अर्ब १९ करोड रुपैयाँ हो। भ्र’ष्टाचारलगायत आ’रोपमा स्वदेशमा प’क्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्।
यो पनि
जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र बिकास देशको समृद्धिको आधार : प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न साँस्कृतिक चाडपर्वहरुले आपसी सहिष्णूता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने बताउनु भएकाे छ ।
अध्यक्ष दाहालले ०७७ सालको बडादशैँ, तिहार, छठ तथा नेपाल सम्वत लगायतका चाडपर्वहरुको सबैमा शुभकामना दिदै चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गराउन विशिष्ट योगदान पुर्याउँदै आएको बताउनुभएको हो ।
विविधतायुक्त साँस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक बिशेषता भएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र बिकास देशको समृद्धिको आधार भएको बताउनुभएको छ ।
साथै अध्यक्ष दाहालले अहिले कोरोना महामारीका कारण सहज रुपमा चाडपर्व मनाउन सकेने स्थिती नरहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापडण्दण्डहरु पालना गर्दै दशैँ मनाउन आग्रह गर्नुभएको छ ।