यी तीन गायिका जसलाई ‘लकडाउन’ फलिफाप बन्यो…हेर्नुहोस् ।

काठमाडौ : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा छन् रचना रिमाल, समीक्षा अधिकारी र एलिना चौहान । सानो उमेरमै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छन् यी तिन गायिका ।

यिनीहरूसँग जोडिएर आउने नाम हो– वसन्त सापकोटा ।
चलचित्र ‘नाईं नभन्नु–५’ का लागि गीत ‘बालपनको उमेर’मा पोखरामा रहेकी समीक्षालाई काठमाडौं बोलाएर गीत रेकर्ड गराए । त्यही गीत समीक्षाको सांगीतिक करिअरका कोशेढुंगा सावित भयो।

अहिले उनलाई गीत गाउन भ्याइनभ्याई छ । भर्सटाइल हुनु नै यसको मुख्य कारण हो । “जस्तोसुकै गीत गाउन सक्नु उनको सबल पक्ष हो । आधुनिक होस् वा लोकलयको गीत समीक्षा मजाले गाउन सक्छिन्,”बालपनको उमेर’ यता समीक्षाले करिब सयवटा गीत गाइसकेकी छिन् ।

यसमध्ये उनका करिब आधा दर्जन गीतले सफलता पनि हात पारिसकेका छन् । लकडाउनमा उनले २० वटा गीत गाइन् । भोकलले साथ दिएको भए यो संख्या अझै बढ्ने थियो । तर भोकलमा समस्या आएकाले उनले एक महिना गाउनै पाइनन् । अहिले पनि आफू डाक्टरको सल्लाहअनुसार भोकल रेस्टमै छिन् ।

त्यस्तै एलिना चौहानको पनि पछिल्लो समय निकै चर्चा छ,
उनको क्र्याक स्वर नै उनको सम्पत्ति हो । हाई र लो रेन्जमा उसको गलाको कमाल चल्दैन । तर मिडिल रेन्जमा लोभलाग्दो स्वर उनको सबल पक्ष हो । गायनमा क्र्याक स्वरलाई खासै राम्रो मानिँदैन तर एलिनाको हकमा सबैभन्दा धेरै उनको स्वर रुचाइनु नै त्यही क्र्याक स्वरमा रहेको क्र्याक नै हो ।

भारतमा पनि अहिले क्र्याक स्वर रुचाइएको समय छ । नेहा कक्कडको स्वर क्र्याक स्वर हो, कभर गीत गाउँदा–गाउँदै उनले वसन्तको ‘साँचो माया गर्छु ख्याल ख्यालको होइन’ र योसँगै अरू दुइटा गीत एकैपटक रेकर्ड गरिन् ।

वसन्तको यो गीतमा उनले भनेजस्तो एलिनाको क्र्याक स्वर स्पष्ट अनुभूत गर्न सकिन्छ । अहिलेसम्म एलिनाले वसन्तसँग ६ वटा गीतमा काम गरिसकेकी छिन् । पछिल्लो समय लोकप्रिय बनेको गीत ‘के माया लाग्छ र रु’ एलिनाकै हो ।एलिनाको स्वरमा करिब ५० वटा गीत रेकर्ड भएका छन् । त्यसमध्ये ३० वटा गीत चैतयता गाएकी हुन् ।

के माया लाग्छ र रु पछि उनले छानी–छानी गीत रेकर्ड गर्न पाएकी छिन् । चैतयता ३० वटाभन्दा धेरै गीत रेकर्ड गरेँ । दिनको यो निषेधाज्ञाअगाडि दिनको एउटाजस्तो गीत रेकर्ड गरिरहेको थिएँ,” एलिना भन्छिन्, “के माया लाग्छ र भन्दा अगाडि मेरा गीत १५ वटाजति मात्रै थिए होला ।

पछिल्लो समय नेपाल आइडलबाट चर्चित बनेकी रचना रिमालले पनि पहिलो गीत वसन्त सापकोटाकै गाएकी छिन् ‘रुमाल चिनो’ । त्यसपछि रचना जारी नेपाल आइडलको सिजन–३ मा सहभागी हुन । नेपाल आइडलमा सहभागी भएपछि उनी निकै चर्चित बनिन्

टिपिकल नेपाली स्वर नै रचनाको सबैभन्दा राम्रो पक्ष हो । भोकलमै नेपालीपन छ । उनको स्वर सुन्दा ४०÷५० वर्षअगाडि कुनै अब्बल नेपाली गायिकाको स्वर सुनेजस्तो लाग्छ, । नेपाल आइडलबाट बाहिरिएपछि उनलाई गीत गाउन भ्याइनभ्याई छ । कोरोनाको त्रासका कारण चैत ११ गतेबाट देश लकडाउनमा गयो । सम्पूर्ण पेसा व्यवसाय ठप्प प्राय भयो ।

तर रचनालाई गीत गाउनबाट फुर्सद छैन । “चैतयता ४० वटाभन्दा धेरै गीत रेकर्ड गरिसकेँ । अझै धेरै गीत गाउन बाँकी नै छ,” रचना भन्छिन्,तीनैजना नेपाली सांगीतिक दुनियाँमा अहिले खुट्किलो उक्लिँदै गरेका गायिका हुन् । तर उनीहरू तीनै जनामा संगीतको शिक्षा आवश्यक भने छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।