माधव नेपालले भने-तपाईं त्यही प्रचण्ड हो त ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा झन् ठूलो सं’कट आइ लागेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पेल्दै गएपछि पार्टीमा झन ठूलो सं’कट आइ परेको हो।

स्थायी कमिटी र केन्द्रीय समिती बैठक बस्न नसक्नु र सचिवालय बैठकले गरेका कतिपय निर्णयहरु पनि विवादमा पर्नुले नेकपामा अझै सं’कट टरेको छैन भन्ने बुझ्न सकिन्छ। विशेषगरी सरकार सञ्चालन र महत्वपूर्ण नियुक्तिमा पार्टीभित्रको असन्तुष्ट पक्षसँग मिलेर अगाडी बढ्ने भन्दै गरेपनि निर्णय गर्ने बेला ओलीले एकलौटी गरेको पार्टीको आरोप छ।

पछिल्लो समय मन्त्रीपरिषद विस्तार र कार्यविभाजनमा पनि ओलीले आफ्नै गुटकालाई मात्रै च्यापेपछि पार्टीमा ओलीको आलोचना झन् बढेको छ। यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षसँग पटक–पटक गल्ती नदोहो¥याउने सम्झौता गरेका प्रधानमन्त्रीले आफ्नो अटेरीपन अझै छोडेका छैनन्।

तर, ओलीसँग पटक-पटक भेट गरेर पनि दह्रोसँग कुरा राख्न र पार्टी निर्णयमा अडिग रहन नसकेको भन्दै माधव नेपाल पक्षले अध्यक्ष प्रचण्डमाथि पनि प्रश्न उठाएको छ। पछिल्लो भेटमा त माधव नेपालले प्रचण्डलाई प्रश्न गरेका छन्। ‘कमरेड प्रचण्ड, तपाईं त्यै प्रचण्ड हो त ?’

एउटा अनौप’चारिक बसाईमा नेपालले भनेका थिए। नेपालको कुरा सुनेर मुसुक्क मुस्कुराएका प्रचण्डलाई नेपालले फेरी सोधे, ‘ओलीजीसँग तपाई किन दह्रो कुरा राख्न सक्नुहुन्न ? उहाँ पेल्दै जाने हामी उहाँसँगै मिलेर अघि बढौं भनिरहने मात्रै हो त ?’

१० वर्षे जनयु’द्धको समयमा पनि प्रचण्डसँग प्रत्यक्ष भेट गरेका र माओवादी शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्डसँग राम्रै हेलमेल भएका नेता नेपालले ओलीसामू प्रचण्डको शक्ति क्षीण भएको देखेको बताउदै आएका छन्। हिजो म एक्लै लड्दा पनि ओलीजीलाई आच्छु(आच्छु बनाउँथे तर आज हामी झन् पछि झन् किन निरिह जस्तो बनेको भन्दै नेता नेपालले सुनाए

संघीय संसद र पार्टी दुवैमा हामी बलियो भएपनि मन्त्रीपरिषदमा कमजोर भयौं।’ पछिल्लो समय ३ जना मन्त्री थपिँदा प्रचण्ड-नेपाल समूहबाट कोही परेनन्। राजदूत नियुक्ति,कार्यकर्तालाई अप्रत्या’सित रुपमा दिईने राजनितीक नियुक्ति र मन्त्रीपरिषद विस्तारमा समेत एकलौटी गर्दै आएका ओलीसँग कसरी लड्ने भन्ने बारेमा प्रचण्ड-माधव समूहमा छलफल हुने गरेको छ।

यता नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छोडेका छन्। आफूलाई पटकपटक ओलीबाट धोका भएको भन्दै गोतमले नयाँ योजनाका साथ बढ्ने निष्कर्षका साथ नि’कटस्थहरुलाई तयारीमा लाग्न भनेका छन्।

विश्वस्त स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिँदा पनि धो’का भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थालेका हुन्। गौतमले यसअघि बनेको ओलीविरु’द्धको समूहलाई बलियो बनाउने अभियान चलाएका छन्। त्यसका लागि उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरिसकेका छन्।

सरकारमा जान आतुर देखिएका गौतमले आफ्ना लागि ढोका बन्द भइसकेको निष्कर्ष समेत निकालेका छन्। गृहमा रामबहादुर थापा बादलको निरन्तरता र अर्थमा विष्णु पौडेलको प्रवेशसँगै गौतमले त्यस्तो नि’ष्कर्ष निकालेका हुन्। प्रधानमन्त्री ओलीले गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाएर मनाउन खोजेपनि त्यसमा तयार भएनन्।

मन्त्री बन्नकै लागि राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमका सामु सर्वोच्च अदालतले ढोका अहिलेलाई बन्द गरिदिएको छ। तर, गौतमले यसमा पनि ओलीको भूमिकामाथि आशंका गरेका छन्। यसकारण ओलीसँग असन्तु’ष्ट भएका छन्।

गौतमसँग ओलीको टकराव र मिलनको सिलसिला चल्दै आएको छ। कुनैबेला एमाले विभाजन हुँदा मुख्य द्व’न्द्व ओली र गौतमबीच नै भएको थियो। पछि गौतम फेरि ओलीसँग नजिकिए। एमाले अध्यक्षमा ओलीलाई विजयी बनाउन भूमिका खेले। तर, बर्दियामा गएको चुनावमा पराजित हुनुमा ओली पक्षमाथि आशंका गरे।

दूरी फेरि बढ्यो। तर, ओलीले उपाध्यक्ष बनाएर गौतमलाई नजिक ल्याए। फेरि ओलीलाई सत्ताबाट हटाउन लागेको समूहमा गौतम सहभागी भए। टक’राव चुलीमा पुग्दा गौतमले समूह छाडे। उनले छ बुँदे सहमतिको प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपाललाई समेत जिल्लाए। सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने आशामा सम्झौता गरेको आरोप लाग्यो।

गौतमलाई कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने त कहिले सरकारमा लाने संकेत गर्ने गर्दै अलमलाइरहे । यसले उल्टै गौतममाथि पदलोलुपको आ,रोप लाग्यो। परिणाम उनले नराम्रो धो’काहरु खाँदा पनि ओलीलाई नै साथ दिएको भन्दै निकटस्थहरु चिढिए। यसपटक भने गौतमले अब ओलीको कुनै आश्वासनमा नपर्ने दृढ,’ व्यक्त गरिसकेको बुझिएको छ। यतिसम्मकी उनले निकटस्थहरुसँग ओलीलाई देखाइदिने भनेका छन्।

तर, प्रचण्ड–माधव समूहभित्र पनि ओलीसँग मिलेर अगाडि बढ्ने वा निहुँ खोजीरहने भन्नेमा एकमत छैन । पटक–पटक मिलेर अगाडि बढ्न खोज्दा झन् आफैंमाथि धोका भएको भन्दै प्रचण्डले पनि ओलीसँग अब वारपारको लडाईं आवश्यक भएको बताउन थालेका छन्।

ओलीसँग रिसाएका प्रचण्ड बालुवाटारबाट टेलिफोन आउँदा पनि महत्व दिँदैनन्। आफ्ना केही विश्वासपात्र पूर्व माओवादीका नेताहरु समेत ओलीतिर ढल्केको संकेत पाएपछि अध्यक्ष प्रचण्डले माधव नेपाल र झलनाथ खनालसँगको सम्बन्ध बिगार्न चाहेका छैनन्। त्यसैले पनि दशैंलगत्तै ओलीसँग डटेर कुरा राख्ने र आवश्यक परे समानान्तर पार्टी चलाउनेसम्मको तयारी गरिने प्रचण्ड निकट एक नेताले बताए।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।