भारतलाई टुक्र्या’इदिने चीनको चेतावनी…हेर्नुहोस् ।

काठमाडौं : भारतले चीनलाई विभाजन गर्ने गरी ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतलाई टु’क्र्याइदिने चीनको सरकारी अखबारले चेतावनी दिएको छ । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीनिकट अखबार ग्लोबल टाइम्समा एक लेख प्रकाशित गर्दै चीनका अन्तर्राष्ट्रिय मामिलाका विज्ञ लंग जिंगचुनले यस्तो चेतावनी दिएका हुन् ।

जिंगचुन चीनको चेंगडु अफ वर्ल्ड अफेयर्सका अध्यक्ष समेत हुन् ।जिंगचुनले चीनले भारतमा आन्तरिक विद्रोह सुरु गराउन सक्ने र यसले भारतलाई विभाजनसम्म पुर्याउन सक्ने चेताव’नी दिएका छन् । भारतले ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतमा पृथकतावादी आन्दो’लन चलाउन सक्ने उनले चेतावनी दिएका हुन् ।

चीनले ताइ’वानलाई आफ्नो अभिन्न अंग मान्छ तर ताइवानले भने आफूलाई छुट्टै देश भन्ने गरेको छ । ताइवानलाई केही देशले छुट्टे देशको मान्छन् भने केहीले मानेका छैनन् ।
जिंगचुनले लेखेका छन् ‘यस्तो देखिन्छ कि चीन र भारतबीच सीमाका विषयमा जारी तनावका क्रममा भारतलाई ता’इवान कार्ड खेल्ने लत लागिसकेको छ ।

जिंगचुनले अगाडि भनेका छन् ‘अहिलेसम्म भारतले चीनको एक चीन नीतिलाई मान्दै आएको छ र यही कारण चीनले पनि भारतमा पृथकतावादीहरुलाई समर्थन दिइरहेको छैन । तर यदि भारतले ताइ’वानलाई समर्थन दिन जारी राख्यो भने चीनले भारतमा वि’द्रोह सुरु गराउन सक्छ ।’

जिंगचुनले लेखमा चेतावनी दिँदै भनेका छन् ‘भारतका उत्तर पूर्वी राज्यहरु त्रिपुरा, मेघालय, मिजोरम, मणिपुर, असम र नागाल्याण्डमा पृथकतावादीहरुलाई वि’द्रोह गर्नको लागि चीनले समर्थन दिन सक्छ ।

किनकि यहाँका जनता फरक जातिका छन् जो आफूलाई भारतको अंग मान्दैनन् र यीमध्ये कैयौं क्षेत्र ब्रिटिस शासनमा पहिले म्यानमारको अंग थिए ।’ ताइवान कार्ड खेलेर भारतले आफ्नै हितलाई नोक्सानी पु¥र्याइरहेको बताउँदै जिंगचुनले अगाडि भनेका छन् ।

यदि भारतका पृथकतावादीहरुले चीनको समर्थन पाए भने उनीहरु वि’द्रोह सुरु गर्न सक्छन् । उनले पृथकतावादीहरुको म्यानमारका सुरक्षा बलसँग निकटको सम्बन्ध समेत निकट सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले भारतका लागि कठिनाइ बढाउने समेत उल्लेख गरेका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।