एक मिनेटको फरकमा सुमिताले जन्माइन तीन छोरा, डाक्टर नै भए अचम्म…हेर्नुहोस् ।

बाँके : एक गर्भवतीले नेपा’लगञ्जमा एक मिनेटको फरकमा तीन शिशुलाई जन्म दिएकी छिन् । ती महिला सिस्ने गाउँपालिका वडा नम्बर ३, पोखरा, रुकुमकी ३१ वर्षिय सुमिता बोहोरा हुन् ।

सुमिताले एक मिनेटको फरकमा तिम्ल्याहा बच्चाको जन्म दिएकी हुन्। सुत्केरी ब्यथा लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी बोहोराले मङ्गलबार दिउँसो एक मिनेटको फरकमा तीन वटा शिशुको जन्म दिएको अस्तालले जनाएको छ।

दिउसो १२ बजेर ३८ मिनेटमा पहिलो शिशु जन्माएकी सुमिताले १२ बजेर ३९ मिनेटमा दोस्रो र १२ बजेर ३९ मिनेटमा तेस्रो शिशु सकुसल जन्माएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएकोछ।

अस्पतालका अनुसार शल्यक्रियाबिना सुमिताले जन्माएका पहिलो बच्चाको एक केजी ४२० ग्राम, दोस्रो बच्चा एक केजी ४८५ ग्राम र तेस्रो बच्चा एक किलो ३६५ ग्राम तौल रहेको छ ।

अस्पतालका अनुसार सुमिताले जन्माएकी तीनवटै शिशु छोरा भएको र आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको। कालापानी बाट

यो पनि
प्रचण्डजी र मैले जे भन्छौं, त्यही मान्‍नुपर्छ !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीलाई भेटेका छन्। कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीवि’रुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि पार्टीले उनीहरुलाई काठमाडौं बोलाएको थियो।

बिहीबार नै छलफलका लागि बोलाइए पनि प्रधानमन्त्री ओलीले शनिबार दिउँसो मात्रै समय निकालेर उनीहरुको कुरा सुनेका हुन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर दुवै पक्षको कुरा सुन्नुभएको प्रदेश सभा सदस्य गुलाबजङ्ग शाहले जानकारी दिएका छन्।

हामी सबैका कुरा सुनेपछि प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष (पुष्पकमल दाहाल) प्रचण्डसँग थप छलफल गरेर उपयुक्त निर्णय लिने बताउनुभयो’, उनले भने, ‘हामीलाई त्यही निर्णय मान्नुपर्ने जवाफ दिनुभएको छ। हामी पार्टी सिस्टममा भएपछि नेतृत्वको कुरा त मान्नै पर्यो नि।’

भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित यामलाल कँडेल, प्रकाश ज्वाला, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा, गुलाबजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित भएका थिए। अध्यक्ष प्रचण्डले भने बिहीबार र शुक्रबार दुवै पक्षको कुरा सुनिसकेकाले आफु उपस्थित हुन आवश्यक नरहेको सन्देश पठाएका थिए।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।