आफ्ना वैज्ञानिक नछाडे अमेरिकीहरुलाई बन्धक बनाउने चीनको चेतावन…हेर्नुहोस् ।

एजेन्सी : अमेरिकामा यसवर्ष विभिन्न अभियोग लगाएर पक्राउ गरिएका चिनियाँ वैज्ञानिकहरुलाई छाडन् नभए अमेरिकीहरुलाई चीनमा बन्धक बनाउने चीनले चेतावनी दिएको छ।

अमेरिकी न्याय विभागले पाँच चिनियाँ वैज्ञानिकहरुलाई झु’ठो अभियोग लगाएर प’क्राउ गरेको चीनको भनाइ छ। सबै अभियोगहरु फिर्ता हुनुपर्ने पनि चीनको भनाइ छ।

अमेरिका र चीनको पछिल्लो गतिविधिले ब’न्धक कुटनीतिको खतरा बढेको वि|श्लेषण गरिएको छ। चिनियाँ वैज्ञानिकहरुले अमेरिका प्रवेश गर्दा आफ्नो पहिचान लुकाएको अमेरिकी भनाइ छ।

पछि उनीहरु चिनियाँ जनमुक्ति सेनामा आ’वद्ध भएको थाहा पाएसँगै अमेरिकाले उनीहरुलाई भिसा ठगीको आ’रोप लगाउँदै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

गत जुलाईमा चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक जुआन ताङलाई एफबीआईले गिर’फ्तार गरेको थियो। उनी क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययनका लागि आएकी थिइन्।

अमेरिकामा गिर’फ्तार भएकी ताङ जुआन (तस्बिर: यूएस डिस्ट्रीक्ट कोर्ट)

पछि प्रहरीले खोजेपछि उनी सानफ्रा’न्सिस्कोस्थित चिनियाँ दूतावासमा लुकेको अमेरिकी अधिकारीहरुले आ’रोप लगाएका थिए। ताङले भिषा लिने क्रममा चिनियाँ सेनासँगको सम्बन्धलाई लुकाएको अमेरिकी भनाइ छ।

ताङ भिषा ठ’गीको आ’रोपमा नि’र्दोष ठहर भइसकेको बताइएको छ। उनी जमानतमा पनि छुटिसकेकी छिन्। वकिल माल्कोम सेगलले ताङको विषयमा चिनियाँ हस्तक्षेप नभएको बताएका छन्।

हाल अन्य चार चिनियाँ वैज्ञानिक भने अमेरिकी अनुसन्धानकै क्रममा रहेको बताइएको छ। यसबीचमा चीनले सबैलाई छाड्न र आरोप फिर्ता लिन नभए अमेरिकीलाई बन्धक बनाउने चेतावनी दिएको हो। न्युयोर्क पोस्ट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।