खुसीको खबर : दशैं-तिहार नजिकिदै गर्दा घट्यो खसी-बोकाको मासुको मुल्य…हेर्नुहोस् ।

दाङ : दशैं-तिहार नजिकिदै गर्दा सोच्नै नसकिने गरि घट्यो खसी-बोकाको मासुको मुल्य ! । दशैं तिहारलाई मध्यनजर गर्दै जिउँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ।

दाङको लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो।

किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले २० देखि २४ केजी सम्मको खसीको जिउँदो मूल्य प्रतिकिलो ५ सय रुपैयाँ निर्धारण गरेको छ।

यो पनि
दशैँका लागि थापाथलीमा खसी तथा बोका प्रतिकिलो ५५० मा बिक्री बितरण हुँदै…(फाेटाेफिचर)

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीले दशैँका लागि बिक्री बितरण गर्न पहिलो चरणमा ४०५ खसी बोका ल्याएको छ ।

सोमबार आज बिहान काठमाडौं ल्याइपुर्याइएका बोका तथा खसी बिहान ८ बजेबाटनै बिक्री बितरण गर्न थालिएको लिमिटेडले जनाएको छ । थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण भइहेको खसीको मूल्य प्रति केजी ५५० रुपौयाँ तोकिएको छ ।

सरकारले नागरिकहरुलाई मासूका लागि खसी तथा बोका खरिमा सहजता होस भन्ने उदेश्यले सुपथ मूल्यमै उपलब्ध गराएको हो । साथै उक्त स्थानबाट खसी तथा बोका खरिद गर्दा प्रति किलो १० रुपैयाँ छुटसमेत प्रदान गरिने बताइएको छ ।

बिक्र बितरण खुला गरिएको आज पहिलो दिनबाटै थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरमा खसी किन्नेहरुको भीड रहेको छ । यसअघि सरकारले मुस्ताङबाट एक हजार संख्यामा च्याङ्ग्रा ल्याउने तयारी भएपनि महंगीका कारण ल्याएको थिएन । आज ल्याइएका सबै खसी तथा बोका दाङ र मकवानपुरबाट ल्याइएको हो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।