बाबुराम भट्टराईको प्रश्न : जनताका सबै समस्याबाट भाग्ने सरकार किन चाहियो ?

काठमाडाैं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकार जनताका सबै समस्याबाट भागेकाे टिप्पणी गर्नुभएकाे छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न आग्रह गरेको थियाे । सरकारले उक्त निर्णयपछि नेता डा. भट्टराईले सर्वसाधारणका समस्यामा मूकदर्शक बन्ने सरकार किन चाहियो ? भन्दै प्रश्न गर्नुभएकाे छ ।

सोमबार बिहान भट्टराईले ट्विटरमा लेख्नुभएकाे छ- ‘को,रोना उपचार खर्च आफै व्यहोर, बेहोस भए मात्रै अस्पताल जाऊ, वेरोजगार श्रमिक रुँदै गाउँ फर्क, भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैँको मुखमा भारततिरै फर्क,महिनौंदेखि

स्कूल,कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर, आसेपासे हरू कमिसन र भत्ता डकार । यस्तो सरकार किन चाहियो ?’ भट्टराईले रिमुभकेपीआली (केपी ओलीलाई हटाउ) ह्यासट्याग प्रयोग गरेका गर्नुभएकाे छ ।

सरकारले अस्पतालमा भर्ना भएका सं,क्रमितको निःशुल्क उपचार गर्दै आएको थियाे । अबदेखि फ्रन्टलाइनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रका कामदार तथा असहायहरूमा लक्षण देखिएमा मात्र सरकारले कोरोना परीक्षण र उपचार गर्ने छ ।

स्वास्थ्यकर्मीले पनि कोरोना बीमा गएको भए बीमाबाटै परीक्षण तथा उपचारको खर्च व्यहोरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा उल्लेख छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।