मलाई तर्साउन खोजेको ? भन्दै प्रधानमन्त्री जंगिएपछि…हेर्नुहोस् ।

काठमाडौं : प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री र बिद्रोही नेताहरुलाई बुझ्ने भाषामा सम्झाउँदै अराजक कामबारे सचेत गराउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितका पाँच नेतासँग आज भएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बुझ्ने भाषामा सम्झाउनु भएको हो । प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेशका सहइञ्चार्जद्वय यमलाल कँडेल, प्रकाश ज्वाला, प्रमुख

सचेतक गुलावजंग शाह, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायानाथ अधिकारी र सांसद चन्द्रबहादुर शाहीसँग बैठक गर्नुभएको हो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डले लिखित निर्देशन दिएपछि मुख्यमन्त्री शाहीसहित कर्णालीका सात जना नेता काठमाडौं आउनु भएको थियो ।

काठमाडौं आएपछि सातै जना नेतासँग एकसाथ बैठक गर्ने अध्यक्ष ओली पहिलो नेता हुनुहुन्छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै समुहका नेतासँग एकसाथ नभेटी गुटगत बैठक गर्नुभएको थियो । प्रचण्डले कर्णालीको समस्या समाधान भन्दा गुटगत काम अघि बढाइरहनुभएको बेला प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भने दुवै समुहसँग एकसाथ बैठक गरेर आफू गुट होइन, पार्टी एकता र अनुशासन कायम गराउने दृढ मान्यतामा रहेको सन्देश पनि दिनुभएको हो ।

आजको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा गुटगत काम अघि बढाउन छुट्टाछुट्टै भेटन समय मागेकोप्रति पनि कडा आक्रोश जनाउनु भयो । छलफलको क्रममा उहाँले कर्णालीमा देखिएको अराजकता र त्यसक्रममा पार्टीभित्र केही ब्यक्तिले अघि बढाएको षडयन्त्र चिर्न सवैले सतर्कतापुर्ण कदम चाल्नुपर्ने बताउनु भयो ।

दुवै पक्षको कुरा सुनेपछि आफूहरुलाई जानकारीबिनै अबिश्वासको प्रस्ताव दर्ता गराएकोमा बिद्रोही पक्ष र प्रमुख सचेतक बर्खास्त गर्ने मुख्यमन्त्री शाही दुवैको कदमबारे बुझ्ने गरी सम्झाएपछि उहाँले दुई अध्यक्षको निर्णय अन्तिम हुने बटमलाइनसहित निर्देशन दिएर आजको बैठक समापन गर्नुभएको थियो ।

‘प्रधानमन्त्री निकै कडा रुपमा प्रस्तुत हुनुभयो, दुवै पक्षलाई एकएक प्रश्न गर्दै जवाफ दिनै नसक्ने बिन्दुमा पुर्याउनु भयो, उहाँको कुरा सुनेपछि अव अराजकता र गुठबन्दीले केही चल्दैन भन्ने निश्कर्षमा दुवै पक्ष पुग्नुभएको छ,’ भेलापछि बालुवाटार स्रोतले जनताटाइम्ससँग भन्यो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाही र बिद्रोही नेताहरुलाई कडा प्रश्नसहित भन्नुभयो, ‘मलाई तर्साउन खोजेको ?’ उहाँले तर्साउने र धम्क्याउने खेल आफूसँग नखेल्न र पार्टी एकताबिरोधी हर्कत नगर्न पनि सचेत गराउनु भएको स्रोतले जनताटाइम्सलाई बतायो । प्रधानमन्त्री ओलीले कर्णालीमा अराजकता मच्चाउनेहरुको सवै सूचना आफूलाई भएको तथ्य पनि स्मरण गराउनु भयो ।

‘कस्ले कहाँ कसरी हस्ताक्षर अभियान चलायो ? कस्ले काठमाडौंमा आएर के षडयन्त्र गर्यो, किन यस्तो हर्कत भयो भन्नेबारे म जानकार छु, अव खेल खेल्ने दिन सकियो, दुई अध्यक्षको निर्णय आउँछ, त्यो नै अन्तिम हुन्छ, त्यसलाई मान्दिन भन्ने छुट तपाईहरुसँग छैन,’ बैठकको निश्कर्षसहित निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले दुई अध्यक्षको छलफलपछि आउने निष्कर्ष लागू गर्दै कर्णालीको समस्या समाधान गर्न पनि निर्देशन दिनुभएको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।