आमाको स्वास्थ्य सुधार आएपछि हास्पिटल बाट डिस्चार्ज हुँदा कल्पना दाहालले लेखिन यस्तो स्टाटस…हेर्नुहोस् ।

धन्यवाद धन्यवाद धन्यवाद,यतिका दिन हस्पिटल बस्दा मलाई आमा लाई त गारो छँदैछ मलाई कति गारो भयो होला एक्लै ले कियर गर्नु पर्दा बिरामि को । आज २०” दिन भएछ मेरि आमालाई हस्पिटल भर्ना गरेको आज निकालेको छु पुरै सन्चो त भैइसकेको छैन सन्चो हुँनत धेरै समय लाग्छ तर पहिले हेरिकन धेरै सुधार भएको पाँए ।

अझै पनि मेरि आमाको लागि भगवान सबै मेरा सुभचिन्तक हरुले भगवान सँङ्ग प्रथना गरिदिनु होला ।बिस्तारै सन्चो हुँदै जाला भन्ने आशा छ । अझै 100% त सन्चो भएको छैन 100% मा 60% चाँहि ठिक भएको पाउँछु अब बाँकि 40% चाँहि औसधि खायेर अनि बेला बेला मा फलोअप को लागि हस्पिटल गयेर सन्चो होला भन्ने लागेको छ।अरु बाँकि भगवान भरोसा ।

तेस्तो अवस्था मा पुगेकि मेरि आमा लाई मर्न बाट बचाउँनु हुँने ग्रीनसिटि हस्पिटल का चियरमेन आदरणीय लोक बहादुर टण्डन सर लगायत ग्रीनसिटि हस्पिटल का सम्पुर्ण डक्टर परिवार लाई म हृदय देखि नै धेरै भन्दा धेरै धन्यवाद दिन चाहान्छु । आदरणीय लोक ब. टण्डन सर म हजुर को यो गुन कहिले भुल्ने छैन ।

र हामि कलाकार हरुका अभिभावक आदरणीय पृथ्वी थकालि दादा लाई पनि मनदेखि धन्यवाद छ। र साउदिमा बस्नु हुँने गिता दिदि लाई पनि धेरै धेरै धन्यवाद छ ।र अर्को कुरा ग्रीनसिटि जस्तो ठुलो हस्पिटल मा पनि यति धेरै मन ठुलो भएको भावना बुझ्ने माहान व्यक्तित्व भेटाएँ। म उहाँको बयान गरेर सक्दिन ।

उहाँ त मेरा लागि साक्षत भगवान बनेर आउँनु भयो । सायद उहाँ नभैईदिएको भए मेरि आमाको मुख मैले देख्न पाउँदिन थिएँ होला । आमा भन्ने सब्द बाट बँन्चित हुँन परेन म आज धेरै खुशि छु रकम धेरै लागे पनि फ्री मा उपचार गरे भन्दा बढि गुन लगाउनु भयो ।

सायद सुरुमै सबै रकम डिपोजिट गर्न परेको भए मैले आमा लाई गुमाउनु पर्थ्यो होला उहाँले रकम जम्मा गर्नको लागि अझै समय दिनु भाछ मैले आँटे भगवान ले पुराउलान भन्ने आशा छ ।तर बिरामि डिस्चार्ज गर्नको लागि रोक्नु भएन आज घरमा ल्याएकि छु ।

हस्पिटल मै राखिरहन पनि अलि खत्रा जस्तो लाग्यो को’भिड को बिरामि हरु खचाखच भरिदै आए आमा धेरै थरिको रोगि हुँनाले कता – कता मन डा’राएर बिरामि निकालेँ मैले । अनि अर्को कुरो मैले अनुभब पनि गरेँ ग्रीनसिटि हस्पिटल यति राम्रो अनि भरपर्दो लाग्यो ।

हुँनत यो हस्पिटल राम्रो भएर नै होला बिरामि हरुको भिड भएको रैछ भन्ने कुरा आज महसुस भयो ।मेरा सम्पुर्ण सुभचिन्तक आफन्त साथिभाई हरु लाई पनि धेरै धेरै धन्यवाद दिन चाँहान्छु म हस्पिटल हुँदा मेरि आमा लाई कस्तो छ केछ

भनेर पटक पटक फोन म्यासेज मार्फत आफ्नो बिचार र कामना राख्नु भयो । यस्तो बेलामा को आफ्नो को पराई चिन्ने अवसर पाईदो रैछ । खुशि छु म सबै प्रति ग्रीनसिटि हस्पिटल परिवार चियरमेन आदरणीय लोक बहादुर टण्डन

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।