गंगा पन्त भन्नुहुन्छ : २३ किलो सुन तस्करमा संलग्नलाई निश्चित रुपमा प’क्राऊ गर्छौं…हेर्नुहोस् ।

काठमडौं : पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले हिजो वीरगन्जमा सुन बरामद गरेको सुनाएकी छिन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्,‘सुनको जम्मा परिमाण २३ किलो छ । त्यसमा आधा किलोभन्दा बढी गरगहनाहरू ६८१ ग्राम छ ।

तीबाहेकका सबै सुनका बिस्किटहरू विभिन्न साईजका, त्यसैगरी चाँदीका भाँडाकुडाहरू हुन् विशेषगरी, २ केजी २६२ ग्राम चाँदी बरामद भएको हो ।’ उनले सुन तस्करहरुलाई समात्ने विश्वास पनि दिलाईन् । उनले भनेकी छिन्,‘जे होस् हामी सुन तस्करहरुलाई समात्छौँ त्यति कुरा निश्चित हो ।’ प्रस्तुत छ एसपी पन्तसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

हिजो तपाईँले सुन तस्क’रीलाई समात्नुभयो । यसबारेमा केही बताईदिनुहोस न ?

हजुर हामीले अहिले तस्कर नभनिहालौँ, व्यक्ति समात्ने होइन, त्यो हामीलाई सूचना आईसकेपछि एउटा अपार्टमेन्टमा गएर त्यहाँ लुकाइराखेको अवस्थामा उल्लेखित मात्रामा सुनलगायतका चाँदीका भाँडाकुडाहरू नियन्त्र’णमा लिएर शिल्ड गरेर लिएर आएको अवस्था हो ।

होइन कति किलो सुन समात्नुभयो ? कति किलो चाँदी समात्नुभयो ? के/के समात्नुभयो ? बरा’मद भएको कुरा बताउनुहोस् न !

सुनको जम्मा परिमाण २३ किलो छ । त्यसमा आधा किलोभन्दा बढी गरगहनाहरू ६८१ ग्राम छ । तीबाहेकका सबै सुनका बिस्किटहरू विभिन्न साईजका, त्यसैगरी चाँदीका भाँडाकुडाहरू हुन् विशेषगरी, २ केजी २६२ ग्राम चाँदी बरामद भएको हो ।

ती सामग्रीहरू कसरी ब’रामद भए ? त्यसको ईतिवृत्तान्त बताउनुहोस् त । तपाईँहरू कसरी पुग्नुभयो त्यहाँ ?

यो अब कुनै पनि यस्ता प्रकारका अपरेशनहरू गर्नका लागि सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । एउटा विशेष सूचनाको आधारमा प्रहरीले निगरानी गरेर विशेषतः यो व्यक्तिलाई नै पक्राउ गर्ने भन्ने थियो । तर त्यो अपार्टमेन्ट अलिकति कन्जस्टेड ठाउँ पनि छ त्यो । त्यहाँ प्रहरीहरू खट्दाखेरि व्यक्ति समात्दाखेरि फुत्किने सम्भावना भएकाले स्थानीय प्रशासनको रोहबरमा त्यो अपार्टमेन्ट सम्बन्धित फ्ल्याटको ढोकामा खोलेर हामीले उक्त सामानहरू नियन्त्रणमा लिएको अवस्था हो ।

अनि मान्छेहरूलाई निय’न्त्रणमा लिनुभएन ?

होइन, मान्छेहरू यस्तो देखियो, लामो समयदेखि स्थायी रूपमा कोही पनि बसेको पाईएन । त्यसमा कहिलेकाही मात्रै मान्छेहरूको आवतजावत हुने कुरा त्यहाँ खटिएका सुरक्षाकर्मीहरूको बयानबाट खुलेको छ ।

होइन बन्द फ्ल्याटबाट त्यत्रो सामानहरू बरामद हुँदाखेरि कोही न कोही त त्यहाँ संलग्न थियो होला नि त ?

होइन पक्कै पनि छ । त्यो अनुसन्धान जारी छ । त्यो नहुने भन्ने कुरा नै भएन । अब हामीले आज मानपुरबाट उक्त फ्ल्याट कसको नाममा दर्ता छ ? त्यो पत्ता लगाउँछौँ । स्वभाविक रूपमा आधिकारीक व्यक्ति सम्बन्धित फ्ल्याट धनी हुने नै भयो । त्यसको अतिरिक्त त्यहाँ आउने मान्छेको आवतजावत देखिन्छ । एकदमै कम हुन्छ त्यहाँ ।

मान्छे सधैँ आएर स्थायी बस्ने देखिएको छैन । त्यसपछि स्वभाविक रूपमा उनीहरूलाई पनि हामी निय’न्त्रणमा लिई नै हाल्छौँ । तर, नेपालबाट सुन तस्करीमा बिजेपीको नेता संलग्नता छ, बि.जे.पीको नेताहरूको त्यहाँ एकदम निगरानी हुन्थ्यो । आईरहन्थे, आवतजावत गरिरहन्थे भन्ने कुरा पनि बाहिर आयो नि ? वास्तविकता के हो ?

मैले पनि समाचारमा आएको कुराहरू पढेँ । अब अहिले खुलिनसकेको कुराहरूको सम्बन्धमा मैले त्यति बोल्नु उचित पनि हुँदैन । अहिले त्यहाँ दुईवर्ष अगाडिसम्म अशोक सिन्हा त्यहाँ बस्ने गरेको भन्ने खुलेको छ । उहाँ भन्सार क्लियरिङ्ग एजेन्ट भएको पनि खुलेको छ । तर दुई वर्षदेखि उहाँको स्वास्थ्यमा समस्या आईसकेपछि त्यहाँ नबसेको भन्ने कुरा खुलेको हुँदा उहाँहरूको पार्टीगत संलग्नताहरू अहिले मैले भन्न सक्ने अवस्थाहरू पनि छैन । मलाई जानकारी पनि छैन त्यस सम्बन्धमा ।

त्यसोभए वीरगञ्जमा पनि सुन तस्क’रीहरूको जालो रहेछ नि त । सञ्जाल त भेटियो नि त ?

स्वभाविक रूपमा हाम्रो बुझाइँमा पनि यो खुल्ला बोर्डर पनि छ, त्यहाँ कारोबार हुन्छ भन्ने कुरा पहिल्यैदेखि सुुन्दै आएको पनि हो । समातिएको पनि अवस्था थियो । यो घटनाले अलिकति पुष्टि थप गरेको अवस्था छ ।अब तपाईँले यो सञ्जाल, यो संयन्त्र, यो सुन तस्करीहरूको रणनीति पनि हुन्छ प्रत्येक दिन वीरगञ्ज, पर्सामा । अब यसलाई तपाईँ तोड्न सक्नुहुन्छ ? तपार्इँ सफल हुन सक्नुहुन्छ ?

एउटा कुरा यो सबै कुरा जिल्लाले मात्रै सक्ने कुरा होइन । यो ओभरल जिल्ला प्रशासन लागिरहेको छ यसमा । हामी त एउटा सानो पार्ट मात्रै हो, जिल्ला प्रहरी कार्यालय भनेको । पक्कै पनि अपराधिहरू त्यति खुला रूपले हिँड्न सक्ने अवस्था पनि हामीले देख्न सक्छौँ प’क्राउ परेको घ’टनाहरूबाट । अलिकति हामीले रणनीति बनाउन सक्ने अवस्थाहरू, घट’नाबाट खुलेका कुराहरूबाट थप कसरी पुष्टि हुने ? भन्ने कुराहरू पनि छन् ।

आगामी दिनमा तपाईँहरूको र’णनीति के छ ? पर्सा जिल्लाको कुरा गर्दाखेरि तपाईँलाई राम्रोसँग थाहा छ, सबैभन्दा बढी तस्करीहरू हुने ठाउँ हो त्यो । त्यहाँ एकदम गि’रोहहरू बस्छन्, तस्क’रका पनि नाइकेहरू बस्छन् ! पर्सा जिल्लाम तस्करीहरूभन्दा पनि बोर्डर भएको ठाउँबाट तस्करी हुन्छ भन्ने हामी सबैले मान्ने कुरा हो त्यो ।

सामानहरू बरामद भएको हिसाबबाट पनि त्यसलाई केही पुष्टि हुने अवस्थाहरू हुन्छन् । तर म के भन्न चाहन्छु भने स्थानीय प्रशासन लगायत सम्पूर्ण सुरक्षा संयन्त्रहरूले त्यसलाई रोकेकै अवस्था छ । पर्सामा तस्करी भयो भन्ने अवस्था छैन । १०७ किलोमिटर ओपन बोर्डर छ । कतिपय अवस्थामा यहाँका बोर्डरसँग जोडिएका स्थानीयवासीहरूले तस्करीको लागि होइन, जिविकोपार्जन गर्ने दुईचार रूपैयाँ सस्तो हुन्छ भनेर पनि पारीबाट सामान लिएर आईरहेको अवस्थाहरू पनि हुन्छन् ।

अहिले अब यो को’रोना सं’क्रमणको कारणले पनि यसमा पनि हामीले सक्दो रूपमा कडाई गरिएको अवस्था छ । यी कुराहरूलाई पनि तस्क’री मानिदिने त्यो चलन यहाँ देखिन्छ । त्यसको अलाभा स्वभाविक रूपमा तस्करीलाई नै जिविकोपार्जनभन्दा पनि एउटा अथो’पार्जनको माध्यम बनाउने व्यक्तिहरूको संख्या नभएको होइन । तर त्यति हुँदाहुँदै पनि हामीले त्यो मौका दिएनौँ भने त्यस्ता खालका मनशाय भएका व्यक्तिहरूले चाहँदैमा तस्करी हुन्छ भन्ने कुरा पनि हुँदैन ।

तर तस्करीको कुरा गर्दाखेरि हाम्रो देशमा राजनीतिक संरक्षण छ भनेर पनि भन्छन् । अब तपार्इँ त त्यहाँ बसेर काम पनि गरिरहनुभएको छ पर्सा जिल्लामा । तपाईँको पर्फर्मेन्स राम्रो पनि छ । धेरैले भनेका पनि छन् । तपार्इँ त्यहाँ गईसकेपछि त तस्करीको सञ्जालहरू तोड्नुभएको छ । गलत काम गर्नेलाई तपाईँहरूले का’रबाही पनि गर्नुभएको छ । हाम्रो देशमा सुन तस्करी भएको छैन, यो बीचमा कसैले गर्दैन भनेर भनिएको थियो तर देखियो वीरगञ्जमा । त्यत्रो तस्करी भएको रहेछ !

सुन ठुलो परिमाणमा फेला परेकै हो । राजनीतिक संरक्षणको कुरा गर्नुहुन्छ भने मलाई कस्तो लाग्छ भने म त एउटा सानो दर्जाको कर्मचारी लेभलमा खट्ने, आजको दिनसम्म कुनै पनि व्यक्तिले कुनै पनि कामको लागि मेरो पूरा करियरमा नै दबाब दिएको अवस्था छैन । राजनीतिक द’बाबमा हुने हो भने अहिले त मैले काम नै गर्न नसक्नुपर्ने अवस्था हो नि त । यहाँको स्थानीयवासी, प्रदेश सरकार, मेरो संगठनलाई पनि थाहा छ, कुनै पनि कुरामा सम्झौता गरेर प्रहरी चलेकै छैन ।

यो माथिबाट संरक्षण हुने हो भने पर्सा प्रहरीले मात्रै चाहेर त्यो सम्भव हुँदैन । त्यही कारणले हामीले वास्तवमा जुन जुन ठाउँमा एउटा भूमिकामा हुन्छौँ, त्यो भूमिका हामीले ननिभाउने र जहिल्यै पनि अर्कालाई दोष दिने, त्यो चलन छ । अब राजनीति गर्ने व्यक्तिहरूको सन्दर्भमा भन्नुहुन्छ भने त्यो पक्कै पनि कुनै नेता तल्लो गाउँ लेभलको जनतासँग जोडिएको हुन्छ । स्वभाविक रूपमा राजनीतिक नेताहरूको दबाब आउन सक्छ, त्यो कुराहरू ।

मेरो पनि कतिपय अवस्थामा माथि मािथसम्म कुरा पनि पुगेको हुनसक्छ । पर्सा जिल्ला प्रहरीले यसो गरेन, उसो गरेन भन्ने कुरा आएको हुनसक्छ । लेखिराखेको पनि छन्, कतिपय अवस्थाहरूमा । आफ्नो पदीय जिम्मेवारी र दायित्व निभाउनुभयो भने मलाई लाग्छ, कसैले पनि केही गर्न सक्दैन । फरक त्यति हो कि हामी भोलिको लागि आजलाई बिर्सन्छौँ । भोलि हामीलाई प्रमोशन, सरुवाको लागि सम्झौता गरिन्छ भने त्यो हाम्रो कम’जोरी हो अथवा मैले गर्छु भने त्यो मेरो कमजोरी हो ।

अर्कालाई दो’ष दिने भनेको त्यो भन्दा ठुलो कमजोरी अरू केही हुन सक्दैन । आजका दिनसम्म यो बोर्डर एरिया हो, ईन्डियनको नाममा राखेर सवारी साधन प्रयोग गरिएको पाईन्छ र अहिलेसम्म हामीले ठुलो संख्यामा सवारी साधनहरू, हुन त अहिले लक’डाउनको बेला थियो, मेरो अधिकां’श कार्यकाल लकडाउनमा बितेको छ, हामीले कुनै पनि सम्झौता नगरीकन पठाएका छौँ भन्सार ।

तर लकडाउनको बेलामा धेरै तस्करी हुन्छ नि त । सजिलो हुन्छ नि !

होइन त्यो त बिल्कुल गलत छ । अहिले प्राक्टिसहरू के देखिएका छन् भने स्थानीय प्रशासन, सुरक्षा संयन्त्रहरू वास्तवमा त्यसले सम्झौता ग¥यो भने बढी तस्करी हुने हो । अहिले तस्करी छँदै छैन भनेर दाबी गर्न यत्रो एकदमै गा¥हो हुनसक्छ । झुट पनि बोलेको हुनसक्छ । तर हामीले कुनै व्यक्तिले त्यस्तो प्रयास कुनै समुहले गरेको छ भने पनि त्यसलाई हामीले पक्राउ गरेर कानुनी दा’यरामा ल्याएको अवस्था छ ।

प्रयासहरू हुन्छन्, प्रयासहरू हुँदै नहुने होइन । दुईओटा मोटरसाइकल छि¥यो भन्दैमा तस्करी भयो अथवा केही सामान छि¥यो भन्दैमा तस्करी भयो भन्नेभन्दा पनि अर्गनाइज हिसाबबाट तस्करी छ कि छैन ? भनेर हामीले केलाउनुपर्ने हुन्छ । यहाँको वास्तवमा एउटा दुःखलाग्दो पक्ष के छ भने यहाँको वास्तवमा केही जनसंख्याहरू टोटली यी सामान ओसारपसारमा लागेको अवस्था छ । त्यसले गर्दा उनीहरूको जीवनस्तरमा पनि चौपट देखिन्छ ।

त्यो लेभलको जनतासँग दिनहुँ प्रहरीको विवाद भएको अवस्था छ । हेर्दाखेरि आम नागरिकहरूले पनि गरिबलाई दुःख दियो भन्ने कुराहरू आउँछन् । तर तिनै निश्चित एउटा समुहले वारीबाट पारी लग्ने सामानहरूलाई हेर्दा राज्यलाई ठुलो घाटा भएको अवस्थाहरू हुन्छन् । त्यही भएर त्यस्ता कुराहरूमा पनि हामीले सम्झौता गरेका छैनौँ भने त कम्तिमा पनि एउटा स्थानीय प्रशासन र सुरक्षाकर्मीको मिलेमत्तोमा यस्तो छ भनियो भने अलिकति अतिशक्ति नै हुन्छ भन्ने मेरो बुझाई हो ।

ठुलो मात्रामा कहाँबाट भित्रिएको थियो, त्यो सुन ? तपाईँलाई थाहा छ ? वीरगञ्जमा कसरी आयो ?

त्यसमा हामीले सम्बन्धित व्यक्ति पक्राउ परिसकेपछि मात्रै त्यो थाहा हुने हो । सुनको कुरा गर्ने हो भने बरामद भएका केही बिस्किटहरू चीनको भन्ने कुरा सुन व्यवसायीहरूले भन्नुभएको अवस्थाहरू छन् । विभिन्न प्रकारका, विभिन्न साईजका सुनका बिस्किटहरू छन् ।

त्यसोभए चीनबाट त्यहाँ सुन पुगेको थियो ?

होइन त्यो देख्दा फरक–फरक ठाउँको देखिन्छ । एक ठाउँबाट मात्रै आएको भन्ने कुरा सामान्य हाम्रो अनुमान मात्रै हो । अहिले मान्छे प’क्राउ नपरेको अवस्थामा हामीले यसमा यकिनका साथ भन्न सक्ने अवस्था छैन । त्यति हुँदाहुँदै पनि अब विभिन्न ठाउँहरूबाट सुनहरू आएको हुनसक्ने देखिएको छ ।

तर फेरि हामीले के बुझ्नुपर्ने पनि सक्छ भने अहिले नै आएको सुन नभएर त्यहाँ जुन खालका लकेट, बिस्किटहरू फेला परेका छन्, त्यो अहिले तत्काल बजारमा आउँदैन भन्ने कुरा पनि आएको छ भनेपछि धेरै समयदेखि तस्करीको लागि राखिएका सामानहरू हामीले कुनै पनि सम्झौता नगर्दाको अवस्थामा रोकिएको हो भन्ने पनि हाम्रो त्यो खालको बुझाई छ ।

तस्क’रीहरूलाई तपाईँ समात्न सक्नुहुन्छ ?

पक्कै हामीले त्यो गरिराखेका पनि छौँ । अब यो सुन तस्करीको कुरा गर्ने हो भने समात्छौँ । सुन तस्करीहरूलाई कहिलेसम्म समात्न सक्नुहुन्छ, तपाईँहरूले ? सुन मात्र बरामद हुने हो कि मान्छे पनि पक्राउ हुने हो ? जे होस् हामी समात्छौँ त्यति कुरा निश्चित हो । जे भए पनि तपाईँहरू ढिलो/चाँडो तस्करहरुलाई समात्नुहुन्छ ? समातिन्छ । रिपोर्टस क्लब बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।