स्वास्थ्य मन्त्रालयले भन्यो, संक्र’मितलाई दश दिनमै डिस्चार्ज गर्नु !

October 18, 2020 33

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना संक्रमिबतलाई अस्पताल तथा आइ’सोलेसन सेन्टरबाट दश दिनमै डिस्चार्ज गर्न निर्देशन दिएको छ । त्यस्तै, दश दिनमा डिस्चा’र्ज हुनेहरु अनिवार्य सात दिन होम आइ’सोलेसनमा बस्नुपर्ने पनि जनाएको छ ।

आइबार (आज) नियमित प्रेसब्रिफिङमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो तीन दिनमा कोरोनाको लक्षण तथा चिन्ह नदेखिएमा सं’क्रमितहरुलाई दश दिनमै डिस्चार्ज गर्न सकिने बताउनु भएको हो ।

यस अगाडि सं’क्रमितलाइ दुई साता (१४ दिन)पछि मात्रै डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । तर, सं’क्रमितको संख्या तीब्र रुपमा बढ्दै गएको अवस्थामा सरकारले यस्तो निर्णय गरेको जनाएको हो ।

यो पनि
आजदेखि को’रोना संक्र’मितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने !

//graizoah.com/afu.php?zoneid=3427012

काठमाडौं, २ कात्तिक । अबदेखि कोरोना भाइरसको परीक्षण तथा उपचार खर्च आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत् को’रोना भाइ’रसको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताउनुभएको हो ।

तर, आर्थिक अवस्था क’मजोर भएका, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जो’खिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने भएको छ ।

यद्यपि उल्लेखितमध्ये कसैले को’रोना बीमा गराएको भएमा उक्त कोरोना बीमाबा’पत्को रकमबाट कट्टा गरिने पनि मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यस निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते (आज)देखि नै लागू हुने उहाँले बताउनुभयो ।