दशैँमा सांसदहरुलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नु उचित : जनार्दन शर्मा…हेर्नुहोस् ।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् जनार्दन शर्माले दशैँमा सांसदहरुलाई भत्ता दिनुभन्दा भे’न्टिलेटर किन्नुपर्ने बताउनुभएको छ ।

को’रोना महामा’री अहिलेको मुख्य समस्या भएकाले सासदहरुलाई दिइने दशैँ भत्ताले भे’न्टिलेटर किन्नु उचित हुने उहाँले तर्क गर्नुभएकाे हो । साथै उहाँले भत्ता स्वरुप आफूलाई आएको रकम एक को’रोना संक्र’मितको उपचारका लागि प्रदान गर्ने बताउनुभएको छ ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्ब ज’नमुक्ति सेनाका यो’द्धा नरेन्द्र बो’हरालाई भेन्टि’लेटरमा राखि उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’ यसअघि नेकपाकै केहि सांसदहरुले पनि भत्ता बाँड्नुभन्दा भेन्टि’लेटर ख’रिद गर्नु उत्तम हुने धारणा राखेका थिए ।

यो पनि
सरकारले कुरामात्र नगरेर काम पनि गरेको प्रधानमन्त्री ओलीको दावी !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकासमा केन्द्रित रहेको बताउनुभएको छ । आज झापाको दमक नगरपालिकामा

दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिल्यान्याश गर्दै प्रधानमन्त्री ओलीले को’रोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि पूर्वाधार निर्माण सरकारको प्राथ’मिकतामा रहेको बताउनुभएको हो ।

उहाँले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन विस्थापन लगायतका काम भएको दावी गर्नुभयो । सरकारले कुरामात्र नगरेको र काम पनि गरेको भन्दै प्रधानमन्त्री

ओलीले राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको समेत बताउनुभएको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।