आजदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने…हेर्नुहोस् ।

काठमाडौं : अबदेखि को’रोना भाइर’सको परीक्षण तथा उपचार ख’र्च आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस

ब्रिफिङमार्फत् कोरोना भाइरसको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताउनुभएको हो । तर, आर्थिक अवस्था कम’जोर भएका, अशक्त, असहाय, असहाय एकल महिला, अति अपा’ङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्र’पंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत

जो’खिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा परी’क्षण तथा उपचार निःशुल्क गरिने भएको छ । यद्यपि उल्लेखितमध्ये कसैले कोरोना बीमा गराएको भएमा उक्त कोरोना बीमाबापत्को

रकमबाट कट्टा गरिने पनि मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यस निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते (आज)देखि नै लागू हुने उहाँले बताउनुभयो ।

यो पनि
निको हुने संक्रमितको संख्यामा निरन्तर सुधार, एकैदिन २३ सय २६ जनाले गरे स्वास्थ्यलाभ !

को’रोना भाइ’रस कोभिड १९ को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय २६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय २६ जना निको हुँदा डिस्चा’र्ज हुनेहरुको कुल संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्र’मितहरुको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । यसैगरी क्वारे’न्टाइनमा रहनेको संख्या ४ हजार ८ सय ३१ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या २६ हजार ४ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।