विवाहका लागि तपाईले अजब गजबका प्रचलनबारे सुन्नु भएको होला । तर, विवाहको एउटा आश्चर्य लाग्दो रीतिकोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ । एकपटक तपाईले पनि भन्नु हुनेछ यस्तो पनि रीति हुन्छ ।
इण्डोनेसियामा एउटा यस्तो समुदाय रहेको छ जहाँ विवाह भएको तीनदिन सम्म शौचालय जाने अनुमति हुँदैन । टिडांग नाम गरेको यस समुदायमा विवाह गरेको तीन दिनसम्म शौचालय गएमा आउने ।
भविष्य अशुभ हुने मानिन्छ । जीवनलाई अर्कैको आखाँ लाग्ने र परिवारमा नराम्रो हुने उनीहरुकोे विश्वास छ ।यसकारण विवाहित जोडीलाई उक्त समयमा कम खाने कुरा दिने गरिन्छ । तेस्रो दिन यो रीति पुरा गरेपछि
विवाहित जोडीले नुहाएर नयाँ जीवनको सूरुवात गर्छन् । इन्गेजमेन्ट गरेपछि दुलहीलाई घरबाट निस्किन दिइदैन भने विवाहको दिन दुलाह मण्डपमा ढिलो पुगेमा हर्जना तिर्नुपर्ने समेत चलन रहेको छ ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।खवर नेपाल बाट साभार
भिडियो हेर्नुहोस् ।