विश्वप्रकाश शर्मा भन्नुहुन्छ : भ्रष्टाचारको फाइल खोल्न र कारबाही गर्न सिंगो देशको माग छ…हेर्नुहोस् ।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्र´ष्टाचारको फायल खोल्न र का´रबाही गर्न सिंगो देशको माग रहेको कुरा उठाएका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले वाईडबडी, ओम्नी, बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्टदेखि लडाकुको राशनसमेतमा गहिरो छानबिन र क´डा का´रबाही अघि बढाउन सार्वजनिक दबाब बढाउनुपर्ने धारणा राखेका छन् ।

उनले लेखेका छन्,‘भ्र´स्टाचारका फायल खोल्न र कार्वाही गर्न सिंगो देशको माग छ l वाइड बडि,ओम्नि, बालुवाटार, प्रीन्टिङ प्रेस,गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत l गहिरो छानबिन र क´डा का´र्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं !

बुढिगण्डकीमा रास्ट्रघा’तबारे गत मंसिरको भिडियो वक्तव्य यस्तो थियो !” पछिल्लो समय जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्र´ष्टाचार भएको र यसमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको संलग्नता रहेको भनेर दाबी गरेपछि वि´वाद चुलिएको छ ।

कांग्रेसले सार्वजनिक रुपमै भट्टराईलाई उक्त आरोप पुष्टि गर्न खुल्ला चूनौति दिएको छ । तर, भट्टराईले भने यसको लागि अधिकारसम्पन्न जनलोकपाल गर्न माग गरेका छन् । उनले हिजोमात्रै ट्विटरमा लेखेका छन्

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे द´ण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!”

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।