यो वर्षको दशैं ‘बाँच्ने उत्साह’को रुपमा लिन कलाकार हरिबंश आचार्यको आग्रह…हेर्नुहोस् ।

काठमाडौं : नेपालीहरुको महान पर्व बडादशैं नजिकिरहेको अवस्थामा हाँस्यकलाकार हरिबंश आचार्यले दशैं दशा हुने सक्नेतर्फ विशेष सतर्क रहन आग्रह गर्नुभएको छ ।

कलाकार आचार्यले एक कार्यक्रममा भर्चुअल कुराकानी गर्दै को’रोना संक्र’मणबाट आफू मात्रै नभई अरुलाई पनि बचाउनु आफ्नो दायित्व सम्झन आग्रह गर्नुभएको हो ।

कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा रहनुभएका कलाकार आचार्यले कोरोनाबाट बच्नका लागि आ–आफ्नै घरमा बसेर दशैं मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

यसका साथै उहाँले यो वर्षको दशैंमा आफू टीका थाप्न कसैको घरमा नजाने र आफ्नो घरमा पनि कोही नहाउन आग्रह पनि गर्नुभएको छ ।

उहाँले यो वर्षको दसैंलाई ‘बाँच्ने उत्साह’को रुपमा लिन आग्रह गर्दै दशैं अर्को वर्ष पनि आउने र भगवान हामीसँगै रहने बताउनुभएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।