२३ किलो अ’वैध सुन बरा’मद गरेपछि एसएसपी गंगा पन्त चर्चामा…हेर्नुहोस् ।

वीरगञ्ज : चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी देखाइरहेकी छिन् । उनले महिलाले पनि दरिलो गरी कमाण्ड गर्छन् भनी प्रमाणित गरेकी छिन् ।

वीरगञ्जमा अ’पराध निय’न्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी उनले आज २३ किलो अ’वैध सुन ब’रामद गर्न भूमिका खेलिन् । वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पाट’मेन्टबाट विशेष सूचनाको आधारमा सुन बरामद भएको हो । सुन बरा’मद भएपछि देशव्यापी चर्चा पाएको छ । सुनको बजार मूल्य १५ करोडभन्दा बढी पर्न आउँछ ।

पर्सा सरुवा भएपछि गंगा पन्तले कालो’बजारी, तस्करी नियन्त्र’णमा प्रहरीलाई म’हत्वपूर्ण उपलब्धि हासिल गराउन सफल भएकी छिन् । पन्तले विगतमा इन्स्पेक्टर र डिएसपी भएर इञ्चा’र्ज चलाएर चर्चा कमाएकी थिइन् ।

यो पनि
नेकपामा शक्तिशाली बन्दै ओली…पढ्नुहोस ।

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय शक्तिशाली बन्दै गएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह ओलीसामू निरीह बनेको छ । पार्टी र सरकार दुवैमा ओलीले एकपछि अर्को गरेर पेलेर नै अघि बढेका छन् ।

दाहाललगायतका नेताहरुले ओलीको कार्यशैलीको विरोध गरेपनि ओलीले कसैको कुरा सुनेका छैनन् । स्थायी कमिटी बैठकमा सहमतिमै मन्त्रिमण्डल पूनर्गठन गर्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेपछि नेकपाभित्र यतिवेला विवाद पूनः सुरु भएको छ । दाहालसहित वरिष्ठ नेताद्धय नेपाल र खनालले मन्त्रिपरिषद हेरफेरमा आफूहरुको असहमति रहेको टिप्पणी गरिसकेका छन् ।

अलिक ठूलो मात्रामा मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिएको भनेर नेताहरुले सार्वजनिक रुपमै भनेपनि ओलीले भने रिक्त रहेका मन्त्रालयमा मात्रै नेतृत्व ल्याएका छन् । उनले विष्णु पौडेललाई अर्थ, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका मन्त्री र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री बनाएका छन् । उनले यसअघि महिला, बालबालिका मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली हरेक कारणले पार्टीभित्र बलियो बन्दै गएको चर्चा छ । प्रधानमन्त्री ओलीसँग प्रभावकारी टिम छ । यसअघि दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनको लागि प्रयास गरेको थियो । तर, ओलीले आफूलाई हटाएर देखाउन चूनौति दिएका थिए । अन्तिममा दाहाल–नेपाल समूह ओलीसामू निरीह भएको थियो । ओलीसँग अर्का अध्यक्ष दाहालले सम्झौता गरेका थिए ।

दाहाललाई कार्यकारी अध्यक्षसहित पार्टीको सम्पूर्ण काम हेर्ने अधिकार दिईएको थियो । नेकपामा अहिले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीक निर्णयमा आपत्ति जनाएपनि केही गर्न नसकेको चर्चा पनि छ । नेकपाका एक नेता भने,‘अब दाहाल–नेपाल समूहलाई ओलीलाई कमजोर बनाउनको लागि निकै मुश्किल छ। अध्यक्ष ओली कसैसँगपनि सम्झौता गर्ने पक्षमा छैनन् ।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed