सुनसरीका प्रहरी निरीक्षक खनाल उत्कृष्ट अनुसन्धानकर्ता…हेर्नुहोस् ।

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् ।

प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्रर्दशन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको हो ।

खनाल सुनसरी प्रहरीको कुशल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घटित विभिन्न घटनाको सूक्ष्म अनुसन्धानमा अनुसन्धानकर्ताका रुपमा खटिदै आएका कुशल प्रहरी अधिकृत हुन् ।

यो पनि पढ्नुहोस !
प्रधानमन्त्रीलाई ज्ञापन-पत्रमार्फत् विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग ।

हुम्ला : चीनसँग सीमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ्ग र हिल्सामा नेपाली भूमि मि’चिएको बारे कर्णाली प्रदेशसभाका संसदीय दलको नेता जीवनबहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउनुभएको छ ।

शुक्रबार (आज) नेता शाहीले जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउनु भएको हो । उहाँले विज्ञ सम्मिलित टोली पठाई सीमा वि’वाद हल गर्न माग गर्नुभएको छ ।

करीब डेढ महिना अघि हुम्लाको लिमी क्षेत्रमा पर्ने नेपाली भूमिमा चिनिया पक्षले ९ वटा भवन बनाएको विषय सार्वजनिक भएको थियो । सीमा मिचि’एको विषयमा ग’म्भीर नबनेको भन्दै चर्काे आलोचना भएपछि सरकारले चीनले आफ्नै भूमिमा भौतिक संरचना बनाएको प्रतिक्रिया दिएको थियो ।

उक्त विवाद अहिले पनि टुंगिएको छैन । यसैबीच स्थलगत अनुगमनमा पुगेर फर्किएको कांग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ मात्र नभई हिल्सामा पनि नेपाली भूमि मिचि’एको ठहर गरेको छ ।

चिनियाँ पक्षले करीब डेढ किलोमिटर नेपालको भूमि ललोङजोङमा ९ वटा भवन बनाएको र हिल्सामा नेपाली भूमिमा रहेको सीमा स्तम्भलाई आफूतिर पारेर नेपाली भूमितिर तारबार गरी नेपाली भूमि अति’क्रमण गरेको भन्दै यथा’शीघ्र अध्ययन तथा अनुसन्धान गरेर कुट’नीति पहल चाल्न सरकारसँग माग गरेको छ ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शाहीले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन–पत्रमा भनिएको छ, ‘हुम्ला जिल्ला नाम्खा गाँउपालिका वडा नं ६ लिमीको लाप्चा क्षेत्र वरिपरि रहेको लोलुङजोङ्ग भन्ने स्थानमा चीनले नेपाली भूगोललाई अति’क्रमण गरी ९ वटा नयाँ भौतिक संरचनाहरू निर्माण गरेको भन्ने त्यहाँका स्थानीय जनप्रतिनिधि र

बासिन्दाहरूबाट केही महिना पहिले स्थानीय प्रशासन र राजनीतिक दलसमक्ष सूचनाहरू प्राप्त भएको थियो ।
स्थानीय बासिन्दाहरूको सूचनाका आधारमा चिनिया टोलीसँग वार्ता गर्न र त्यहाँको वास्तविकता बुझ्न हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीको टोली सीमा स्थलको स्थलगत निरीक्षण गर्न गएको थियो ।

तर, उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन तयार गरी सरकारलाई नबुझाउदै नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट हचुवा भरमा चीनले एक इन्च पनि नेपाली भूमि अति’क्रमण नगरेको र लोलुङजोङ्गमा निर्माण भएका नयाँ भौतिक संरचना चिनिया भूमिभित्र पर्ने विज्ञप्ती जारी भयो र प्रमुख जिल्ला अधिकारीबाट समेत चिनिया अति’क्रमण बारे वास्तविकता प्रतिवेदन पेश हुन नसकी सीमाका बिषयमा सत्य तथ्य बोल्न समेत आलटाल गरियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।