दैवपनि कति निष्ठुरी : पोखरामा जन्मने बितिकै एक शिशुमा को’रोना देखियो…हेर्नुहोस् ।

पोखरामा २० घण्टाको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महागनरपालिका ४ का शिशुमा को’रोना सं’क्रमण पु’ष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एन’आइसियुमा भर्ना गरिएको छ । निर्देशनालयले बुधबार दुई वटा विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ३३ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार थपिएका सहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६६ पुगेको छ । संक्रमितमध्ये प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ३५ जना भने निको भइसकेका छन् । हाल स’क्रिय संक्र’मितको संख्या एक हजार ९८ छ ।

प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७५ जनाको पिसिआर विधिबाट परीक्षण भइसकेको छ । कोरो’ना सं’क्रमणका कारण अहिलेसम्म यहाँ ३३ जनाले ज्या’न गु’माएका छन् ।

यो पनि पढ्नुहोस् !

डाेटी : जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो ।

उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो ।

जिल्लामा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन भएको यो पहिलोपटक हो । गएको वर्ष उक्त गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा शुरु भएपछि अहिले त्यहाँ आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक

तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा असङ्ख्य पर्यटकस्थल रहेका छन्, जसको प्रचारप्रसार हुनसकेको थिएन, अहिले हामीले प्याराग्लाइडिङमार्फत ती क्षेत्रको प्रचारप्रसार गर्दैछौँ र पर्यटक पनि आउन थालेका छन् ।”

रुबसकाँडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने तथा प्याराग्लाइडिङको कूल रु चार हजार लाग्ने आयोजकले जनाएको छ । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिछिल गरी तीन स्थानमा गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।