विनोद थापाले बनाए एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हानर विश्व कीर्तिमान…उहाँलाई हार्दिक बधाई ।

काठमाडौ : तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने कीर्तिमान बनाएका छन् ।

विनोदले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेर कीर्तिमान बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि यस कीर्तिमान बनाएका छैनन् ।सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रममा थापाले कीर्तिमान बनाएका हुन् ।

उनले दिउँसो ठिक १२ः३० मा सुरु भई १:३० सम्म एक घण्टामा २७५० किक हानेर कीर्तिमान बनाएका हुन् ।
धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा कंचनपुर तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरी लगायत प्रदेश संघका पदाधिकारीहरुको समेत उपस्थिति भएको थियो ।

अब उनले अर्को कीर्तिमान अक्टोबर २० का दिन मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्नेको बनाउने छन् ।यस कीर्तिमान जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ ।

उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यस पश्चात थापाको दुबै कीर्तिमानको डकुमेन्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाईने छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।