घरमा उम्रने यो झार भुलेर पनि नफ्याँक्नुस्, हुन्छ अनेकौं रोगको औषधि…हेर्नुहोस् ।

काठमाडौ : पृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन ।जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् ।

यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ ।यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृ दयघाबतलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रति रोधात्म क क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन । तपाईंको हाड र दाँत बलियो हुन्छ ।

यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ ।यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ ।

पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ । तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

यो पनि:इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्स अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो।दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९।३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो ।

राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक ३८ रन बनाएका थिए भने यजश्यी जसिवलले ३४ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २४ रन बनाए भने जस बटलरले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै दिल्लीका बलर कागीसो रबाडाले ३ विकेट लिए भने आर आश्विन र मार्कोस स्टोइनिसले २-२ विकेट लिएका थिए । त्यस्तै एनरीच नोर्त्जे, हर्षल पटेल र अक्सर पटेलले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

दिल्लीका लागि शिमरन हेटमेयरले सर्बाधिक ४५ रन बनाए भने मार्कोस स्टोइनिसले ३९ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्सर पटेलले १७, हर्षल पटेलले १६ रन बनाएका थिए । त्यसैगरी राजस्थान रोयल्सका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने, कार्तिक त्यागि, एन्ड्रयु टारे र राहुल तेबातियाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै दिल्ली क्यापिटलले ६ खेलमा ५ खेलमा जित हासिल गर्दै १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । दिल्लीले अहिलेसम्म एक खेलमा हार बेहोरेको छ । आइपिएलअन्तर्गत आज दुई खेल हुदै छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।