रमेश खरेल भन्नुहुन्छ : बाबुरामले ९ अर्ब भ्रष्टाचारको प्रमाण पेश गर्न नसके उनको राजनीति सकिन्छ…हेर्नुहोस् ।

काठमाडौं : जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टा’चार गरेको अभिव्यक्ति दिएपछि सबैतिर तरंग छाएको छ।

डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसले प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्ति’यारलाई अपील गरिसकेको छ । यसै सन्दर्भमा हाम्रो नेपाल सुशासन अभियानका संयोजक तथा पूर्व डिआईजी रमेश खरेलले पनि डा. भट्टराईले प्रमाण देखाई दोषीलाई उभ्याउने साहस गर्न आग्रह गरेका छन्।

डा. भट्टराईले सोमबार पनि पर्सामा आयोजित एक कार्यक्रममा अर्बौंको घोटाला भएको दावी दोहो¥र्‍याउँदै साे कुराले राजनीतिक दलहरूमा ठूलाे हलचल देखिएकाे बताएका थिए । उनले भनेका थिए, ‘भ्रष्टा’चारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् ।

बुढीगण्डकी, एनसेल, वा’इडबडीमा अर्बौंको घो’टाला भएको छ।अधिकार सम्पन्न आयोग गठन गरेर छा’नबिन होस्, यदि बाबुराम दो’षी छ भने कार’बाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ ?’ उनले जनताले तिरेको कर लुट्न नपाइने पनि बताएका थिए ।

हाम्रो नेपाल सुशासन अभियानका संयोजक खरेलले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पूर्वप्रधान मन्त्री डा.भट्टराईले हालसालै वुढीगण्डकी परियोजनामा नेपालका प्रधानमन्त्री केपी ओली , पूर्व प्रधानमन्त्रीहरु शेरवहादुर देऊवा र पुष्पकमल दाहालले ९ अर्व भ्र’ष्टाचार गरेको कुरा सार्वजनिक

रुपमा नै अभिव्यक्ति दिनु भएको र उच्चस्तरीय छानविन आयोग गठन गर्न चुनौ’ती समेत दिनु भएको छ । डा.भट्टराई देशका पूर्वप्रधानमन्त्री हुन र हाल पार्टीका नेता पनि । उनले यस पुर्व पनि पुष्पकमल दाहाललाई भ्रष्ट’चारको दो’ष लगाउँदै आएका थिए । यस पटकको उनको अभिव्यक्तिमा ३ जनाको नाम छ ।

यो चानचुने विषय होइन। डा. भट्टराई यसमा गम्भिर वनि प्रमाण पेश गर्नु पर्छ । उनले यस विषयलाई प्रमाणसहित अधि बढाउने शाहस गर्नै पर्छ । यदी यसो गर्दैनन् र दो’ष मात्र लगाएर चुप बस्छन भने यो उनको राजनीतिक भविष्य र व्यक्तित्वमा ग’म्भिर आ’घातको विषय मात्र नभै नेपाली जनता माथिको उल्टो धो’खा हुने छ ।

भ्रष्ट’चार हेर्ने अख्ति’यार दु’रुपयोग अनुसन्धान आयोगले समेत यस विषयलाई ग’म्भिर तापुर्वक लिई छानविन गरी , कसैको आदेश नमानि , कानुनसम्मत ‘ गरोस भन्ने हाम्रो अभियानको माग छ । नेपाली कांग्रेस पार्टीले विज्ञप्ति मार्फत प्रमाण पेश गर्न भनिरहेको हुदा डा.भट्टराई किन्तु परन्तुका अन्य तर्क र कुराबाट अब उम्कन नैतिकताले दिदैन ।

डा. भट्टराईले प्रमाण देखाई दो’षीलाई कठ’घरामा उभ्याउने शाहस गर्नै पर्छ देश र जनताका लागि । भोलीका दिनमा अब हेरौ , यसरी कसरी र कस्तो परिणाम देखा पर्छ । जनता सजक हुनु पर्ने नै छ ।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।