सिधाकुरा जनतासंगले ६ सयौं श्रृंखलामा पाइला राख्दै…हेर्नुहोस् ।

काठमाडौं : न्यूज २४ टेलिभिजनको सर्वलोकप्रिय कार्यक्रम सिधाकुरा जनतासंगले ६ सयौं श्रृंखलामा पाइला राखेको छ ।आज राति प्रसारण हुने संस्करण सिधाकुरा जनतासंगको ६ सयौं श्रृंखला हुनेछ ।
जनताको चासो गुनासो र समस्यामा केन्द्रित रहेर सुरु भएको कार्यक्रम नेपालका टेलिभिजन च्यानलहरुमा छुट्टै छाप र प्रभाव छोड्न सफल भएको छ ।
जहाँ समस्या त्यहाँ नै उपस्थित भएर समेत प्रसारण हुँदै आएको सिधाकुराले गत असार र साउन महिनामा देशको सात प्रदेशका बिभिन्न जिल्लाबाट पनि आफ्नो कार्यक्रम प्रसारण गरेको थियो ।
हरेक सयौं श्रृंखला विशेषरुपमा मनाउँने चलन भए पनि यसपटक कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर विशेष प्रस्तुति नरहने भए पनि कार्यक्रम विशेष रहने कार्यक्रम प्रस्तोता रवि लामिछानेले बताउनुभयो ।