बहराइनका राजकुमार नासिरले गरे मनास्लुको सफल आरोहण…हेर्नुहोस् । (फोटो फिचर)

काठमाडौं : बहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । राजकुमार नासिर बिन हामिद अल खलीफाले आज बिहान ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले आज बिहान सात बजेर दश मिनेटमा मनास्लुको सफल आरोहण गरेको हो । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि राजकुमार नासिरले सोलुखुम्बुको लोबुचे हिमालको सफल आरोहण गरेका थिए ।

कोरो’ना माहामा’रीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका हुन् । राजकुमारको टोलीले अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।