बाबुरामलाई नेकपाले भन्यो – ओली र प्रचण्डले घुष लिएको प्रमाण भए देखाऊ, नभए क्षमा माग्नु…अब के गर्लान् त बाबुराम ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाले बाबुराम भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ रकम भ्र’ष्ट्राचार गरेको आरो’प पु’ष्टि गर्न चुनौ’ति दिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टीका नेता भट्टराईले केहिदिन अघि बुढीगण्डकी जलविद्युत आयोजनामा ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घु’स लिएको प्रमाण आफूसँग रहेको बताउनुभएकाे थियाे ।

त्यसको खण्डन गर्दै आज नेकपाले एक बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भट्टराईको अभिव्यक्ति आधा’रहीन, झु’ठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण आरोप भएको भनिएको छ । सम्बन्धित तथाकथित प्रमाण भए सार्वजनिक र राज्यको आधिकारिक निकायमा पेस गर्न चुनौ’ति दिन चाहन्छौँ

यद्यपि त्यस प्रकारका कृतिम आरोपको कथाकथित प्रमाणको हौवा भ्रमको खेति मात्र हो भन्ने स्पष्ट नै छ’- बिज्ञप्तिमा भनिएको छ । त्यस्तै राज्यको गरिमामय उच्च पद सम्हालि सकेका व्यक्तिबाट यसप्रकारका आप’त्तजिनक र गैरजिम्वेवार

अभिव्यक्तिका निम्ति सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेकपाको भनाइ छ । यस्तै नेपाली काँग्रेसले पनि अघि नै एक बिज्ञप्ति जारी गर्दै भ्रष्टा’चार भएको प्रमाण ल्याउन भट्टराईलाई चुनौती दिइसकेको छ ।

बिज्ञप्ति

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।