श्रीमान सँगको डिभोर्ष पछि बनिन करोड़पति, हेर्नुहोस ।(भिडियो सहित)

उदयपुर : ईलाका प्रहरी कार्यालय कटारी उदयपुरले नगद २ लाख ६९ हजार र ३ आना सुनसहित हराएको झोला एक घण्टा नवित्दै पत्ता लगाएको छ ।

आज (शुक्रबार) दिउँसो कटारी ७ का ३१ वर्षीया सविना दनुवारले सहकारीबाट ऋण लिएकी नगद र सुन करिब ४ः४५ बजे हराएपछि सविनाले गस्तीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् ।

खबर पाएसँगै तत्कालै प्रहरीले खोजतलास गरी आधा घण्टामै फेला पारेपछि ईलाका प्रहरी कार्यालयमै बोलाएर सविनालाई जिम्मा लगाइएको कार्यालयका प्रहरी निरीक्षक जीवन बोगटीले बताए ।

खबर पाउन साथ कार्यालयबाट खटिएको टोलीले ३० मिनेटभित्रै हराएको नगद र सुनसहितको झोला फेला पारेर सम्बन्धित व्यक्तिलाई ३० मिनेटपछि जिम्मा लगाइएको प्रहरी निरीक्षक बोगटीले बताए ।

नगद र सुनसहितको आफ्नो झोला हराएपछि निराश बनेकी सविनाले प्रहरीले झोला फेला पारेपछि हर्षित हुँदै प्रहरीको सेवालाई धन्यवाद दिइन् । उनले आफ्नो नाबालक छोराको उपचारका लागि ऋ’ण लिएकी बताएकी छन् ।

भिडियो हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।