रमेश प्रसाईं सग इन्द्रेणीमा लोकदोहोरी गाएर भाइरल भएकी कल्पना दाहाल…हेर्नुहोस् ।(फोटो फिचर)

काठमाडौ : काँठ क्षेत्रका चर्चित दोहोरी गीतमा चर्चित चक्लेटी गायिका हुन कल्पना दाहाल ।काँठे गीत नेपालको ४५ जिल्लामा गाइन्छ । काठमाडौं उपत्यका र यसका आसपासका जिल्लाहरु ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, यता नुवाकोट,

धादिङ, मकवानपुरलगायतका जिल्लाहरुमा यो गीतको बर्चश्व रहेको छ । एकैचोटी चार-पाँच वाक्यसम्म मिलाएर गाउनुपर्ने हुँदा गीत गाउन त्यसै पनि अ’प्ठ्यारो देखिन्छ । काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले शब्द–

शब्दमा प्रेम भाव, विछोड, मार्मिक, सन्देशमूलक गीत गाएर दर्शकलगायत स्रोताहरुको मन जितेको पाइन्छ काँठे लोक दोहोरी गीत महोत्सवमा प्रथम स्थान ओगट्न सफल पनी मानिन्छ। चैत्र ११ गतेदेखि देश लकडाउनमा परेपछि अहिले जात्रा, महोत्सव, पिकनिक सबै बन्द छन् । कलाकारहरुले आफ्नो प्रस्तुती राम्रोसँग पनि दिन पाएका छैनन् ।

इलेक्ट्रोनिक मिडिया, टेलिभिजन, सामाजिक सञ्जालका माध्यमहरु युटुवलगायतबाट मात्र कलाकारहरुको प्रस्तुती देख्न र सुन्न पाइन्छ । त्यसो त काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित कल्पना दाहालले गाउने गीतहरु छाडा छैनन् ।

गीतको लयमा, शब्दचयनमा पछाडिको थेगो मात्र नमिलाएर अगाडिदेखि नै ठाउँ, परिवेश, माया, प्रेम आदिका शब्दहरु चयनमा अभिभावकहरु, गाउँले दिदी बहिनीहरु, दाजुभाइहरुले वन, पाखा, मेलापातमा पनि सोही किसिमले गीत गाउने हुँदा त्यसकै छाप, त्यसकै सिको दोहोरी गरेको पाइन्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।