अस्पतालले दिएन बेड, नवजात शिशु र सुत्केरी आमा चिसो भूईँमा सक्दो सेयर गरि संबंधित निकाय सम्म पुर्याउनुहोला ।

October 14, 2020 30

बर्दिया : जताततै कोभिड महामारीको डर फैलिरहेका बेला बर्दियाको जिल्ला अस्पतालमा सुत्केरी हुन आउने महिलाको चाप बढेको छ । अस्पतालमा दक्ष चिकित्सकसँगै प्रभावकारी

प्रसूति सेवाप्रदान हुन थालेपछि बर्दियाका मात्र नभइ छिमेकीलगायत सुदूरपश्चिमका जिल्लाबाट समेत सुत्केरी हुन आउने महिलाहरुको संख्या बढेको छ ।अस्पतालमा सुत्केरी हुनेको संख्या बढेका कारण वेड अभावमा सुत्केरी भुइँमै सु त्न बाध्य छन्

यो पनि पढ्नुहोस !
कोरो’नावि’रुद्ध किन प्रभावकारी छ गुर्जाे ?

काठमाडौँ : विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन ।

त्यसैले कोरोना संक्रमणबाट बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो ।

नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्रीगर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासकालागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

गुर्जो दैविककाल देखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए ।रगतमा हुने हेल्पर टिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थितगर्ने गुण गुर्जोमा हुने उनले बताए । गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ ।

डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एक चम्चा सम्मखान सकिन्छ ।कोभिड १९

संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटक सम्म खान सक्ने उनको भनाई छ । गुर्जो गर्भवति महिला र गम्भिर प्रकृतिका विरामीहरुले भने खान नहुने डा. कोइरालाले बताए । तर यो सबै उमेरकाले खान हुने पनि उनले बताए ।