एजेन्सी : साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् ।
त्यसैले उनीहरुलाइ फकाउनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै च’र्चा चलिरहेको छ ।अहिले सामाजिक सञ्जालमा बालक निकै भाइरल भइरहेका छन् । ती बालकको कामले धेरैलाई भा’वुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै च’र्चा भइरहेको छ ।
ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दु’र्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला कि’चेपछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डटकमका अनुसार बालकको साइकलले कुखुराको चल्ला कि’चेपछी बालक
आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्पतालमा पुगे । यस विषय सामाजिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रति’क्रिया जनाए । यो समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।
यो पनि पढ्नुहोस ।
१ हजार ६६ किलोको फर्सीले जित्यो प्रतियोगिता
एजेन्सी : सान फ्रान्सिस्को, अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगिता १ हजार ६६ किलोको फर्सीले जितेको छ। हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। प्रतियोगिताको यो ४७ औँ संस्करण हो।
मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन्।महामारीका बेला गिंगरले धेरैजसो समे घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए। उनले दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्ने गरेका थिए। फर्सी गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी उनी प्रतियोगितास्थल पुगेका थिए।
‘साह्रै कठिन यात्रा थियो। धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ,’ उनले भने। पुरस्कारस्वरुप उनले १६ हजार ४५० डलर हात पारेका छन्। सन् २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो। सन् २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए।