वामदेव गौतम – मलाई अर्थमन्त्री बनाउनुहोश ,यश प्रश्नमा प्रधानमन्त्री ओलिको जवाफ वामदेवलाई…हेर्नुहोस् ।

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको लामो समय भयो । पछिल्लो समय नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय नै गरेको छ ।

त्यसपछि बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुंगो लगाउन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेललाई प्रस्ताव तयारका लागि जिम्मेवारी दिएको थियो । १० दिनको समय बिते पनि प्रस्ताव तयार हुन सकेको छैन ।अध्यक्षद्वयबीच पटक पटक भेटवार्ता भए पनि निकास निस्किएको छैन ।

अध्यक्षद्वयको भेटवार्ता बारे वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट एक नेतासँग बालुवाटारको बालुवाबाट तेल निकाल्न गाह्रो भएको बताएका थिए । उनले भने, प्रचण्ड कमरेड बालुवाटार पुगेर तेल निकाल्न खोज्नु भएको छ । बालुवाबाट तेल आउँदैन । तारेख धाउने जस्तै मात्र काम भएको छ ।

ओली र गौतम भेटवार्ता:प्रधानमन्त्रीसमेत रहेका ओलीले तत्कालका लागि ३ जनामात्रै मन्त्री बनाउनु पर्ने र मन्त्रीहरु आफूले चाहेका व्यक्तिमात्रै बनाउनु पर्ने अडान राखेका छन् । तर, कार्यकारी अध्यक्ष प्रचण्डले भने स्थायी कमिटी बैठकको निर्णय अनुसार सबैलाई फिर्ता बोलाएर आवश्यक पर्नेलाई फेरि नियुक्त गर्नुपर्ने बताएका छन् ।यहीँबीचमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटार बोलाएर झण्डै २ घन्टा छलफल गरेका छन् ।

ओली र गौतमबीच मन्त्रिपरिषद् पुनर्गठनका विभिन्न पक्षमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । ओलीले उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्रिपरिषदमा लैजाने इच्छा देखाएका छैनन् ।दुई दिनअघि भएको भेटवार्तामा ओलीले अब कसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको भन्दै गौतमसँग कुराकानी सुरु गरे ।

भेटवार्तामा सर्वोच्चमा गौतमविरुद्धको रिट र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा लामो छलफल भएको गौतमले एक नेतालाई जानकारी गराए ।गौतमले प्रधानमन्त्री ओलीसँग भने, मलाइ अर्थमन्त्री बनाउनुस् मैले दुई वर्षमा विकासमा कायापलट गर्छु । दुई वर्षमा विकासको लहर ल्याउँछु ।

तपाईँलाई पनि साथ दिएर मैले काम गर्न सक्छु । अहिले गफ धेरै भयो, काम भएन । अबको पुनर्गठनमा काम गर्ने व्यक्ति लैजानुपर्छ । गुटउपगुट हेर्नु हुन्न अब ।गौतमले अर्थमन्त्री बन्ने कुरा राखेपछि ओलीले नेकपा महासचिव विष्णु पौडेललाई बनाउनु पर्ने संकेत गरे । उनले भने, ‘अर्थमन्त्री त अब विष्णु पौडेललाई बनाउनु पर्छ । उहाँको यसअघिको पनि अनुभव छ ।

बरु तपाईँले अहिले सहजीकरण गरिदिनु पर्यो । सरकारमा को लैजाने मेरो निर्णय नै अन्तिम हुने व्यवस्था गरौँ ।गौतमले फेरि जवाफ फर्काए, महासचिव भएमा राम्रो, उहाँ नहुने अवस्थामा दोस्रो दाबी मेरो रहन्छ । बिकासका लागि पनि म अर्थमन्त्री बन्नुपर्छ । विकासको लहर ल्याउने र अर्को चुनावमा दुईतिहाइ ल्याउनेगरी काम गर्छु । मिलेरै काम गरम ।प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग श्रीमती तुल्सा थापालाई मन्त्री बनाउने विषयमासमेत छलफल गरेका स्रोतको दावी रहेको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।