त्रिविको स्थगित परीक्षा मंसिरबाट सुरु हुने…हेर्नुहोस् । (सूचनासहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो ।

विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो ।

अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।

यो पनि पढ्ननुहोस ।
‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रूसबाट विक्री गरिने !

मस्को : विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ ।

रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् ।

‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ ।

लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।
यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो

यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो ।

हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।