सरकार र डा. केसीबीच सहमती लगत्तै सुर्य थापाले गरेको यस्तो ट्वीटले फेरि एकाएक तरङ्ग, कसलाई के भने ?

काठमाडौ : पुरानै सहमतीमा फेरि सहमती भएको भन्दै डा गोविन्द केसी र समर्थकलाई बधाई भन्दैँ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गरेपछि यसले तरङ्ग ल्याएको छ । प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले पुरानै सहमति

कार्यान्वयन गर्न ऐतिहासिक सहमति भएर डा गोबिन्त्द केसीको अनसनको अन्त्य भएको भन्दै सबैलाई ब्यङ्ग्यात्मक बधाई दिएका हुन् । मेडिकल सुधारका माग गर्दै २८ दिनदेखी १९ औं पटक अनशन बसेको प्रा डा गोबिन्द केसीको अनशनमा पुराना र नयाँ

सहमतीका बारेमा गोबिन्द केसीका समर्थक सम्पदाकहरुले समेत थाहा नपाएको सल्लाहकार थापाको तर्क छ । सल्लाहकार थापाले डा केसी र उनका समर्थकहरुलाई ब्यंग्यात्मक रुपमा बधाई दिएका छन् । मध्यरातमा २ पक्षबीच ८ बुँदे सहमती भएपछि केसीले हिजो अनसन तोडे ।

यस्तो छ थापाको ट्वीटः डा. गोविन्द केसीसँग सरकारले १९ औं सहमति गरेको छ । २२जना सम्पादकहरूमध्ये ब्रोडसिटका अधिकांश केसी पक्षधरले सुइको नै नपाएर मनोगत आग्रह पस्केछन्, केही छिटपुटलाई मात्र पत्तो भएछ १ जे होस, पुरानै सहमति कार्यान्वयन गर्न ऐतिहासिक सहमति भएर अनसनको अन्त्य भएकोमा सबैलाई बधाई छ ।

यस्तै सरकार र डा। गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा। केसीबीच २०७५ साउन १०लाई पनि राख्ने लगायतमा सहमति भएको उल्लेख छ । डा. केसीले भोलि आइतबार विहान ९ः३० बजे अनसन तोडेका हुन ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।