भीम रावलले डा. भट्टराईलाई दिए चुनौती, तीन पूर्वप्रधानमन्त्रीले नौ अर्ब भ्रष्टाचार गरेको प्रमाण किन अख्तियारमा नबुझाको ?

काठमाडौ : आफू चर्चामा आउन जसलाई पायो त्यसलाई जे पनि आ’रोप लगाउने प्रवृत्तिले डा.बाबुराम भट्टराई निकै अप्ठेरोमा परेका छन् । खासगरी प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग

रिस साँध्न बाबुरामले बुढीगण्डकी परियोजनामा नौ अर्ब खाएर अ’लपत्र पारेको भन्ने आ’रोपले उनी चौतर्फी घेराब’न्दीमा परेका छन् । नेपाली कांग्रेसले त आइतबार नै विबस्तृत रूपमा आयोजनाबारे उल्लेख गर्दै बाबुरामलाई प्रमाण पेस गर्न चु’नौती नै दिइसकेको छ ।

जबकि कांग्रेसकै सहयोगमा बाबुरामले गोरखामा चुनाव जितेका हुन् । कांग्रेसको चु’नौतीपछि बाबुरामले नागरिक छा’नबिन समिति बनाउनुपर्ने र आफूले त्यसमा सहयोग गर्ने भनेर काइते भाषा बोलेका छन् । यसैबीच, सत्तारुढ नेकपाका नेता भीम रावलले पनि बाबुरामलाई तीन नेताले भ्र’ष्टाचार गरेको प्रमाण पेस गर्न चु’नौती दिएका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले बुढीगण्डकीमा ओली, प्रचण्ड र देउवाले नौ अर्ब भ्र’ष्टाचार गरेको भए त्यसको प्रमाण अख्तियारमा पेस गर्न आफूले असोज १० गते नै आग्रह गरेकोमा अहिलेसम्म गरियो कि गरिएन ? भन्दै प्रश्न सोधेका छन् ।

डा.बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले नौ अर्ब खाएको प्रमाण आफूसँग भएको सार्वजनिक घो’षणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अ’ख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभीमार्फत आग्रह गरेको थिएँ ।त्यसो गरियो कि गरिएन ? गरिएन भने उहाँ गैर’जिम्मेवार ठहरिनु हुनेछ,’ रावलले सोमबार सामाजिक स’ञ्जालमा लेखेका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।