डा. बाबुराम भट्टराईवि’रुद्ध प्रचण्डले अदालतमा मु’द्दा हाल्दै…हेर्नुहोस् ।

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई तीन दुई दशक राजनीतिक यात्राका सहयात्री हुन् । उनीहरुलाई एकअर्काको कमजोरी र गल्तीबारे जानकार छन् ।

दश वर्षे सशस्त्र संघर्षदेखि शा’न्तिपूर्ण राजनीतिमा अवतरण पश्चात आफ्ना लडा’कु व्यवस्थापनको सात वर्ष ने’तृत्वदायीमा सँगै बसेका प्रचण्ड र भट्टराईबीच संविधान जारी भएपछि सम्बन्ध बिग्रियो । र अहिले उनीहरु फरक फरक पार्टीबाट राजनीतिमा सक्रिय छन् ।

प्रचण्ड भट्टराईबारे खासै बोलेका सुनिँदैन । भट्टराई आफ्नो पार्टीमा आउने विश्वास प्रचण्डले बेला बेलामा व्यक्त गर्ने गरेका छन् । तर, भट्टराईले भने प्रचण्डमाथि विभिन्न आ’रोप लगाउँदै आएका छन् ।

र यसैक्रममा बिहीबार गोखरा पालुङटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाले बुढीगण्डकीको ९ अर्ब भ्रष्टाचार गरेको गम्भीर आरोप लगाए ।

ग’म्भीर आ’रोप लगाएपछि प्रचण्ड भट्टराईप्रति आ’क्रोशित भएका छन् । यसअघि लगाइएका आ’रोपप्रति खासै वास्ता नगरेका प्रचण्ड यसपटक भने भट्टराईप्रति निकै आ’क्रोशित भएका छन् । आफ्नो राजनीतिक भविष्यलाई ध’क्का दिने गरी भट्टराईले लगाएको आ’रोपबारे प्रचण्डले न्याय खोज्ने तयारीमा पुगेका छन् ।

आफ्नो मान’प्रतिष्ठामा आँच पु¥याउने गरी निराधार र कपोकल्पित आरोप लगाउने भट्टराईवि’रुद्ध प्रचण्डले मानहानिको मुद्दा अदालतमा दायर गर्ने तयारीमा पुगेका छन् । यसबारे उनी छलफलमा रहेका स्रोतले जनाएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।