आफ्नो मुलुकको जनसंख्या भन्दा बढी को’रोना परीक्षण गरेर यूएईले बनायो ऐतिहासिक…हेर्नुहोस् ।

एजेन्सी : युनाइटेड अरब इमिरेट्स यूएईले आफ्नो मुलुकको जनसंख्याभन्दा बढीको को’रोना परीक्षण गराएर ऐतिहासिक रेकर्ड राखेको छ । विश्वभर फैलिएको को’रोना महामा’रीले विश्वकै जनजीवन अति प्रभा’वित भएको छ ।

कतिपय मुलुकहरुले परीक्षणको दा’यरा बढाउन माग गर्दै गर्दा युएईदे भने आफ्नो मुलुकको जनसङ्ख्याभन्दा बढीको पीसीआर परीक्षण गराएको हो । दुई बर्ष अगाडीको जनसङ्ख्या हेर्ने हो भने यूएईमा ९६ लाख ३१ हजार छ ।

तर हालसम्म उसले एक करोड ३ लाख २० हजारभन्दा बढी को’रोना परीक्षण गरिसकिएको बताइएको छ। योसँगै यूएई आफ्नो मुलुकको पछिल्लो जनसङ्ख्या भन्दा बढी कोरो’ना परीक्षण गर्ने बिश्वकै पहिलो मुलुक बनेको छ ।

यो पनि पढ्नुहोस् ।

पूर्वीचौँकीका सात वटै वडाहरुमा बिजुली बल्याे, बन्याे जिल्लाकै पहिलो उज्यालो गाउँपालिका !

डोटी : जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ । स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार रहनु भएका दीर्घराज बोगटीले पूर्वीचौकी,

गाउँपालिकाका सबै वडामा विद्युत् पु¥याउने घोषणापत्र सार्वजनिक गरेका थिए । अध्यक्षमा निर्वाचित भएपछि आफूले गरेका बाँचा पूरा गर्ने योजनाअनुसार सबै वडामा विद्युत् विस्तार गरिएको उहाँले बताउनुभयो । नौ वटा स्थानीय तह रहेको डोटीका अधिकांश स्थानीय तहका वडामा विद्युत् विस्तार नभइरहेका बेला पूर्वीचौकी गाउँपालिका भने झिलिमिली भएको हो ।

गाउँपालिकाको नीति तथा नियमअनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रशारण लाइनको विद्युत् सेवा विस्तारगर्ने योजनाअनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तारभएको हो । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६र७७ मा विद्युत् विस्तारका लागि विनियोजन गरेको रु २८ लाख बजेट र नेपाल

विद्युत् प्राधिकरण दिपायलको प्राविधिक सहयोगमा गाउँपालिकामा विद्युत् सेवा विस्तार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “उज्यालो गाउँपालिका बनाउने योजनाअनुसार गाउँगाउँमा राष्ट्रिय प्रशारणको विद्युत् पु¥याइएको छ, अहिले यहाँका गाउँ घर झिलिमिली भएका छन्, स्थानीयवासी पनि खुशी भएका छन् ।”

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।