अमेरिकाको निर्वाचनमा किम जोंग उनको प्रवेश, राष्ट्रपति ट्रम्पलाई भारी नोक्सान हुन सक्ने…हेर्नुहोस् ।

काठमाडौं : उत्तर कोरियाले १० अक्टोबरमा आफ्नो सत्ताधारी वर्कर्स पार्टीको ७५ औं स्थापना दिवस मनाउँदैछ । यो दिनलाई ऐतिहासिक बनाउने तयारी भइरहेको छ । विगत २ महिनाका स्याटेलाइट तस्वीरमा प्योंगयांगमा हजारौं सैनिक र बख्तरबन्द सैन्य वाहनहरुको गतिविधि र निर्माण कार्य देखिएको छ ।

विशेषज्ञहरुले अमेरिकामा भइरहेको राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै किम जों उन आफ्नो सैन्य शक्ति देखाएर यो मौकाको फाइदा उठाउन चाहने विश्वास गरेका छन् । यो अवसरमा उत्तर कोरियाले पनडुब्बीबाट ब्यालेस्टिक मिसाइलको परीक्षण गर्न सक्छ ।

उत्तर कोरिया सरकार प्रशान्त महासागर क्षेत्रमा ब्यालेस्टिक मिसाइल क्षमता भएको युद्धपोत तैनाथ गरेर हवाइ वा अन्य अमेरिकी सैन्य अड्डाहरुलाई निशानामा लिन चाहन्छ ।
यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि एक किसिमको सरप्राइज हुनेछ । यससँगै यसले राष्ट्रपति ट्रम्पलाई भारी नोक्सानी पनि हुन सक्छ ।

किनकि अमेरिकी राष्ट्रपति ट्रम्प अहिलेसम्म किम जोंग उनलाई परमाणु निशस्त्रीकरणको लागि राजी गराउन उनीसँग तीन पटक भेटिसकेका छन् तर असफल रहेका छन् । यस्तोमा किमको शक्ति प्रदर्शनलाई ट्रम्पको असफलताको रुपमा लिइने र यसले ट्रम्पलाई चुनावमा पराजित गर्न भूमिका खेल्ने मानिएको छ ।

उता अमेरिकाले पनि चेतावनी दिँदै यसरी हतियार तैनाथ गर्दा तनाव बढ्ने बताएको छ । सियोलको ट्रायल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेन प्रिक्सटनका अनुसार उत्तर कोरियाको इतिहासमा वार्षिकोत्सव निकै अहम मिति हुन्छन् । यी दिनमा उत्तर कोरियाका शासक आफ्नो नेतृत्वलाई सैन्य शक्तिको रुपमा प्रदर्शित गर्छन् ।

स्टयाटेलाइटबाट बचाउनको लागि अहिले यी हतियारलाई पालमा राखिएको छ । यस्तै गरी यहाँ कैयौं ग्यारेज बनाइएका छन् ।
उनी भन्छन् ‘केही संरचना यस्ता देखिएका छन् जसमा लामो दूरीको मिसाइल लञ्च गर्ने ट्रान्सपोर्टर इरेक्टर लञ्चर राखिएका छन् ।

दक्षिण कोरियाको दक्षिणी कमाण्डका सैन्य अधिकारी वोन इन चुलका अनुसार सिन्पो शिपयार्डमा मर्मतको काम तीब्र गतिमा भइरहेको छ । यो उत्तर कोरियाका पनडुब्बीको घर हो । जब यो काम पूरा हुनेछ त्यसपछि उत्तरु कोरियाले ब्यालेस्टिक मिसाइल एसएलबीएम परीक्षण गर्न सक्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।