कोरोना संक्र’मणपछि स्वास्थ्यमा सुधार नआएपछि नेकपा सचेतक चौधरी आईसीयुमा सारियो…हेर्नुहोस् ।

काठमाडौं : को’रोना भाइ’रस संक्र’मण भएर स्वास्थ्यमा सुधार नदेखिएपछि नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । सरकारी अस्पताल वीरमा उपचाररत चौधरीकाे स्वास्थ्यमा चौथो दिनमा पनि केही सुधार नआएपछि शुक्रबार रातिदेखि आइ’सीयूमा सारिएको हाे ।

चौधरीकाे निजी सचिवालयले दिएकाे जानकारी अनुसार सं’क्रमण पुष्टि भएपछि चौधरीलाइ वीर अस्पतालमा भर्ना गरिएकाे थियाे । चौधरीमा यही असोज १९ गते को’रोना सं’क्रमण पु’ष्टि भएसँगै उनमा कोरो’नाको लक्षण समेत देखिएको थियो ।

यसअघि चाैधरीले आफूलाई श्वास फेर्न गाह्रो भएकाे सामाजिक सन्जाल मार्फत जनाएकी थिइन् । उनले शुभचिन्तकहरूकाे मायाले चाँडै निकाे हुने बताउँदै फोन नगरीदिन र एसएमएस मात्र गर्न अनु’राेध गरेकी थिइन् ।

यो पनि
काठमाडौं : सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले आफूलाई को’रोना सं’क्रमण पु’ष्टि भएको बताउनु भएको छ । बिहीबार पीसीआर परीक्षणका लागि स्वा दिनुभएका प्रमुख जिल्ला अधिकारी पौडेलको आज पोजेटिभ रिपोर्ट आएको हो ।’

कन्ट्या’क्ट सेटिङको आधारमा उहाँको पीसीआर परीक्षण गरिएको थियो । उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न अनु’रोध गर्नुभएको छ । कोरो’ना संक्र’मण पु’ष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।