हार्दिक बधाई ! बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ पाइन…हेर्नुहोस् ।

लण्डन : बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर हुँदै उनले अवार्ड जितिन् । प्रतिस्पर्धाको प्रारम्भिक चरणमा विश्वभरबाट सयौं इन्जिनियरहरुले आफ्नो ‘सिनोप्सिस’ पठाएका थिए ।

जसमध्ये उत्कृष्ट ४ फाइनालिस्टहरुले प्रस्तुत गरेको ‘फुल पेपर’ को मुल्यांकनपछि सेलिना विजेता बनेकी हुन् । प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना ।

आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।
विश्वभरबाट हालसालै पढाई पूरा गरी काम शुरु गरेका, पढाई पूरा गर्दै गरेका नयाँ एवम् ट्रेनी इन्जिनियरहरुबीच

प्रतिस्पर्धामार्फत उत्कृष्ट छनोट हुनेलाई हरेक वर्ष यो अवार्ड दिइने गरेको छ । को’भिड म’हामा’रीका कारण यसपटक फाइनल राउन्डसम्मको पूरै प्रतिस्पर्धा ‘भर्चुअल’ माध्यमबाटै गराइएको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।