नेता नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ: डा. केसी निस्वार्थी सत्याग्रही हुनुहुन्छ…हेर्नुहोस् ।

काठमाडौ : सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सत्याग्रही डा. गोविन्द केसीको पक्षमा उभिएका छन् । सरकार र केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता जारी रहेका बेला उनले केसीको स त्याग्र हको समर्थन गर्दै उनको माग पूरा गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

केसीकै अनसनका कारण चिकित्सा शिक्षा क्षेत्रमा धेरै सुधारका काम भएको भन्दै श्रेष्ठले केसी निस्वा र्थी स त्याग्र ही रहेको भन्दै उनको प्रशंसा गरेका छन् । उनले बेलैमा केसीको माग पूरा गर्न सरकार लाग्नुपर्ने भए पनि बुधबार मात्रै वार्ता टोली गठन भएको भन्दै सकारात्मक नि ष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

श्रेष्ठले बिहीबार दिउँसो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै केसीको माग पूरा गर्न जोड दिएका हुन् । उनले लेखेका छन्– डा. गोविन्द केसी १९ औं अनशनको २५ औं दिनमा हुनुहुन्छ। डा.केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि ।सबै मिलेर कोरोनाको बि रुध्द जुझ्नुपर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नुपर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ।

तर के कुरामा शंका छैन भने उहाँ नि स्वार्थी स त्याग्र ही हुनुहुन्छ। उहाँको स त्याग्र हको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपुर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले

उहाँको जीवनरक्षामा ध्यान दिनु पर्दछ। यस सन्दर्भमा सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्क र्षमा पुगिनेछ । समाधान हुनेछ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।