डा. गोविन्द केसीलाई जतिबेलापनि हृदयघात हुनसक्ने चिकित्सकहरुको भनाई…के गर्दैछ सरकार ? आम जनताको प्रश्न !

October 9, 2020 22

काठमाडौं : १९ औं अनशनमा रहनुुभएको डाक्टर गोविन्द केसीको हृदय’घात हुने सम्भावना उच्च रहेको डाक्टरहरुले बताएका छन् । अनशनका कारण मु’टुको चाल अनियमित रहनुका साथै धड्कन असन्तुलित रहेको रहेकोले जतिबेला पनि हृद’यघात हुनसक्ने उनको स्वास्थ्य हेर्ने डाक्टरहरुको निbष्कर्ष छ ।

डाक्टर केसीले अनशन बसेको आज २६ औं दिन पुगिसकेको छ । पछिल्लो समय डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि स्वास्थ्य परीक्ष्ण गरिएको छ । केसीको स्वास्थ्य परीक्षण गर्नुभएका डाक्टर सुवासप्रसाद आचार्यद्वा’रा जारी स्वास्थ्य बुलेटिनमा गोविन्द केसीको जतिबेला पनि हृद’यघात हुनसक्ने बताइएको छ ।

//graizoah.com/afu.php?zoneid=3427012

डाक्टर आचार्यले केसीलाई कुनैनि बेला इच्छाविपरीत औ’षधि दिनुपर्ने अवस्था आउनेसमेत बताउनुभएको छ । साथै डाक्टर केसीलाई छाती दु’ख्ने, थकान हुने, सास फेर्न गा’ह्रो हुने, च’क्कर लाग्ने र दायाँ छातीमा निमोनियाको लक्ष’ण देखिएको बबताइएको छ ।

डाक्टर केसीको श्वास प्रश्वासमा समेत समस्या आएको चिकित्सकहरुको भनाइ छ । डाक्टर गोविन्द केसी केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥र्याएर एमबीबीएस कार्यक्रम सञ्चा’लन गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि उचित उपचारको व्यवस्था हुनुपर्ने,

२०७५ साउन १० गतेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्ने, त्रिवि चिकि’त्साशासत्र अध्ययन संसथामा वरि’ष्ठता मिचेर भएका नियुक्ति स’च्याउनुपर्ने जस्ता माग राख्दै जुम्लाबाट अनशन आरम्भ गर्नुभएको थियो ।