डा.केसी भन्नुहुन्छ : फेरि जनतालाई धोका नहोस्…हेर्नुहोस ।

काठमाडौँ : चिकि’त्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सत्या’ग्रह जारी रहने बताएका छन् ।२४ दिनदेखि अन’शनरत उनले जनद’बाबबाट बा’ध्य भएर सम्झौता गर्ने र’

पुनः उल्लं’घन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी सत्या’ग्रह गर्नुपरेको बताए । डा. केसीले ओलीकै पालामा पाँच पटक सत्याग्रह गरेका छन् ।सरकारबाट वार्ता टोली गठन गरिएको सन्दर्भमा उनले भने, ‘वार्ता टोली बने पनि अन्तिम निर्णय लिने ओलीजी नै हो ।

वार्ता टोलीभन्दा पनि ओलीजीले जे गर्नुहुन्छ, त्यही हुन्छ । माग पूरा नभएसम्म मेरो सत्या’ग्रह जारी रहन्छ ।’ यसअघि पनि जनदबाब थे’ग्न नसकेरै सरकारले सम्झौता गरेको स्मरण गर्दै उनले अब भने समस्या समाधान नै हुनुपर्नेमा जोड दिए ।

‘वार्ता सफल होस्, तीन करोड जनताको मागमा फेरि धोका नहोस्,’ उनले भने, ‘ओलीजीले जनभावना बुझेर केही माफिया/बिचौलियाको कुरा नमान्नुहोस्, यही मेरो कामना छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।