दाङलाई प्रदेश ५ को स्थानीय राजधानी बनाउनको लागि दुईतिहाइ बहुमतले दाङ कायम भएको घोषण…हेर्नुहोस् ।

दाङ : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्ताव बहुमतले पा’रित भएको हो।

प्रदेशसभामा भएको मतदा’नमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। वि’पक्षमा १३ मत परेको छ। यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ।

प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गरे।प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसीले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी कायम गर्नुपर्ने प्रस्ताव सोमबार पेश गरेका थिए।

त्यसक्रममा संसदमा तनाव भएको थियो। कांग्रेसका सांसदहरुले सभाका कु’र्सी तो’डफोड गरेका थिए। तर दाङमा राजधानी लाने पक्षमा कांग्रेसका सांसदहरुले पनि मतदान गरेका छन्। प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। कांग्रेसका १९ सांसद,जनता समाजवादीका ६, राष्ट्रिय जन’मोर्चा १ जना सांसद छन्।

यो पनि पढ्ननुहोस !
एकै दिनमा फेरि तातोपानी नाका ब’न्द ।

काठमाडौँ : व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि ब’न्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वा’र लेखिएको समाचारमा नेपाली मजदुरमा को’रोना संक्र’मण दखिपछि चीनले एकपक्षीय रुपमा नाका ब’न्द गरेको हो ।

कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना ब’न्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो ।कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा ब’न्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको छ । ‘त्यो मोडालिटी नबनेसम्म केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन,’ उनले भने । आजको नागरिक दैनिकमा छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।