दिपाश्री निरौलाले मुन्द्रेको कमेडी क्ल्बबाट हटाइए लगत्तै यस्तो प्रतिक्रिया दिइन्…हेर्नुहोस् ।

काठमाडौँ : कोरो’ना महामा’रीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्यकलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन सुचारु हुनेको छ ।

तर उक्त शोमा अध्यक्षता ग्रहण गर्दै आएकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई क्लबबाट हटाइएको छ। कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई ल्याइएको स्रोतले जनाएको छ ।

केही समय अगाडी मात्रै दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि उनी चर्को वि’बादमा तानिएकी थिइन् । कैयौँ दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेता’वनी दिएपछि केही झस्किएकी उनका

कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ। मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनमा कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी छिन् ।

दिपाश्री सामाजिक संजालमा यसो लेख्छिन् !

नमस्कार 🙏
मुन्द्रेको कमेडि शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुँदैछ। यस्को लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ। फेरी त्यहि माया र सद्भभाब कार्यक्रमलाई निरन्तर प्रदान गर्नुहुन्छ भन्ने आशा गरेकी छु।

मलाइ पहिलो सिजनका लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जितु भाइलाई धन्यवाद! यस्तै गरेर मलाई हौसला दिने शशि सर, पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाई मनै दैखि धन्यवाद ।

त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू- जसले हाम्रा कमि कमजोरीहरूलाई नजरअन्दाज गरेर कार्यक्रमलाई स्विकार गरिदिनु भयो !निकट भविष्यमा टेलिभिजनको पर्दामा केहि फरक कार्यक्रम सहित उपस्थित हुनेछु। सम्पूर्ण दर्शकहरूमा नमन

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।